वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा गैर कर्मचारीबाट सेवा प्रवाह भइरहेकाे पाइएकाे छ । गाउँपालिकाकाे सेवा इकाईबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता अनलाइन अपडेट गर्ने काम गैर कर्मचारीले गरिरहेकाे फेला परेकाे हाे ।
एमआइएस अपरेटरले गर्नु पर्ने काम जनप्रतिनिधिकाे माैखिक न्युक्तिकाे आधारमा पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. २ सुर्जाहाका सुनिल पटेल भनिने बृजनन्दन पटेलले गरिरहेका छन् । कर्मचारी स्राेतका अनुसार गाउँपालिकाकाे जनप्रतिनिधि मध्येका एक वडाध्यक्षले उनलाई माैखिक न्युक्ति दिएका छन् ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागकाे निर्देशन नमानेका गाउँपालिकाले सेवा प्रवाहकाे लागि मनपरी तरिकाले गैर कर्मचारीकाे प्रयाेग गरेकाे छ ।
विभागले दिएकाे एमआइएस अपरेटर र फिल्ड सहायककाे म्याद थप गर्नु पर्ने निर्देशनकाे पालना नगरेकाे गाउँपालिकाले सेवा प्रवाहकाे लागि गैर कर्मचारीकाे प्रयाेग गरेकाे हाे । यसले विभागकाे निर्देशनपछि उच्च अदालतले गरेकाे आदेशकाे पनि अवहेलना भएकाे छ ।
उच्च अदालत जनकपुर अस्थाई इजलाश वीरगंजले एमआइएस अपरेटर लक्ष्मण साहलाई हाजिर गराई काम गर्न दिन माघ १९ गते गाउँपालिकाकाे नाममा अन्तरिम आदेश समेत जारी गरेकाे थियाे । साे आदेश अनुसार माघ २६ गतेदेखी गाउँपालिकाले एमआइएस अपरेटर साहलाई छुट्टै रजिस्टरमा हाजिरी गर्न दिए पनि काम गर्न दिएकाे छैन् ।
तर एमआइएस अपरेटरले गर्नु पर्ने काम गैर कर्मचारीबाट गाउँपालिकाले गराइरहेकाे फेला पर्दा गाउँवासी अच्चमित भएका छन् ।
एमआइएस अपरेटरले गर्नु पर्ने काम गरिरहेकाे सुनिलले आफुलाई गाउँपालिकाले भनेकाे आधारमा काम गरिरहेकाे वताए । उनले आफुले एक महिनादेखी गाउँपालिकामा काम गरिरहेकाे वताए ।
उनले आफुलाई गाउँपालिकाले न्युक्ति नदिए पनि भनेकाे आधारमा काम गरिरहेकाे स्विकार समेत गरे । उनले सहायक कम्प्युटर अपरेटरमा पदमा काम गरिरहेकाे वताए ।
तर गाउँपालिकाकाे सूचना अधिकारी अमित चाैरसियाले उनीसंग दैनिक ज्यालादारीमा गाउँपालिकाले काम गराएकाे वताए । अधिकारी चाैरसियाले भने “३/४ दिनदेखी व्यक्तिगत घटना दर्ताकाे काम राेकिएपछि ५ दिनकाे लागि उनलाई दैनिक ज्यालादारी नियुक्त गरि काम गराइएकाे हाे ।”