वीरगंज । कालिकामाई गाउँपालिकाले एमआइस अपरेटर र फिल्ड सहायककाे म्याद थप नहुनुकाे लिखित कारण पनि उपलब्ध गराउन मानेकाे छैन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले म्याद थप गर्न दिएकाे निर्देशन समेत पालना गरेकाे छैन ।
एमआइस अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहले लिखित कारण माग गर्दा पनि गाउँ कार्यपालिका कार्यालयले उपलब्ध गराएकाे छैन ।
दुबै जनाले संयुक्त रुपमा विभिन्न किसिमकाे लिखित सूचना माग गर्दै गाउँ कार्यपालिकाकाे कार्यालय हरिहरपुरमा मिति २०७७/१०/०९ गते नै निवेदन दर्ता गराए थिए । गाउँ कार्यपालिका कार्यालयमा दर्ता नं. ७१९ मा निवेदन दर्ता भएपनि १० दिन वितिसक्दा पनि सूचना उपलब्ध नभएकाे गुनासाे प्राप्त भएकाे छ ।
निवेदन दर्ता गराउने बेलामा अधिकृत साहले ५ दिन पछि प्रमाणित कागजात उपलब्ध गराउन वताएका थिए । पांच दिन पछि कार्यालय ति कर्मचारी कार्यालय पुग्दा पनि सूचना अधिकारी उलब्ध नगराएका हुन् ।
दुबै जनाले आफ्नाे हाजरीकाे प्रमाणित प्रतिलिपी, म्याद थप नहुनुकाे लिखित कारण, कार्यापालिकाले म्याद थप नगर्न गरेकाे निर्णयकाे प्रमाणित प्रतिलिपी, हाल सम्मकाे कार्य अनुभव, प्रशासन शाखाले मिति २०७७/०८/०८ मा उठाएकाे म्यादकाे टिप्णी आदेश, हाजिरी नगर्नुकाे लिखित कारण लगायतकाे ७ वटा प्रमाणित कागजात सहितकाे सूचना माग गरेका थिए ।
यसले आम नागरिककाे सूचना सम्बन्धिकाे हक समेत कुण्ठित भएकाेले सम्बन्धित निकायकाे ध्यान पुग्न जरुरी देखिन्छ ।