29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

ट्रान्सपोर्ट एशोसिएशन वीरगन्जको अध्यक्षमा बालकृष्ण पोखरेल बिजयी

वीरगन्ज । ट्रान्सपोर्ट एशोसिएशन वीरगन्जको अध्यक्षमा बालकृष्ण पोखरेल निर्विरोध बिजयी भएका छन् । चितवनको सौराहामा शनिबार सम्पन्न ७ औ“ जिल्ला अधिवेशनमा पोखरेलको प्यानलनै निर्विरोध निर्वाचित भएको हो ।

अर्को पक्षबाट उम्मेदवारी दर्ता नभएपछि पोखरेलको प्यानल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अर्को पक्षका केही सदस्यले निर्वाचन प्रक्रिया बहिष्कार गरे पनि पोखरेल प्यानलको पक्ष्ँमा दुई तिहाई भन्दा बढी बहुमत सदस्यको साथ रहेको थियो ।

अध्यक्षमा पोखरेलसंगै उपाध्यक्षमा प्रविण कुमार कर्ण, सचिवमा नवराज अधिकारी, सहसचिवमा राजेश पटेल, कोषाध्यक्षमा जिवेश मिश्रा र सदस्यमा सुशिल कलवार, श्रीकान्त सहनी, सरोज सिंह र महेश हमाल निर्विरोध बिजयी भएको निर्वाचन अधिकृत उज्जवल देवकोटाले जनाए ।

शनिबार अध्यक्षमा निर्वाचित पोखरेलको एशोसिएशनको नेतृत्वमा यो दोस्रो कार्यकाल हो । यसअघि शनिबार विहान ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनालको प्रमुख आतिथ्यमा ७ औं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो ।

उद्घाटन सत्रमा महासंघका उपाध्यक्ष अच्युत राज खनाल, महासचिव अरुण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

सौराहा मै विहान ढुवानी व्यवसायी महासंघको बसेको बैठकले वीरगन्जको पाथीभारा ट्रान्सपोर्टका सञ्चालक राजेश मल्लिकलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:8.454 sec. Memory consumption:82.5 mb