36.8 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

लंगडीमा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ लंगडीमा शनिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । लायन्स कल्ब अफ वीरगंज, मेलेनियम एफ जे एम, केडिया आँखा अस्पताल, धोबिनी गाउँपालिकाको सहयोगमा र सामुदायिक तालिम केन्द्रको आयाेजनामा एक दिने शिविर सम्पन्न भएको हाे ।

लंगडी स्वास्थ्य चौकीमा भएको शिविरमा ३ सय ६ जनाले आँखा चेकजाँच गराएका छन् । जस मध्ये १ सय ६१ जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाकाले जनाएको छ ।

शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतियाबिंदु फेला परेकाहरुलाई निःशुल्क सल्यक्रिया समेत गरिने छ ।

निशुल्क अाँखा शिबिरमा केडिया आखा अस्पताल चिक्तिसक शिवशंकर प्रसाद, राजदेव साह, लालबाबु पटेल, लगायत ले अाँखा का रोगी हरु चेकजाच गरेका थिए ।

वडाध्यक्ष मजिद मियाँको अध्यक्षतामा भएको शिविरमा शिबिरमा लायन्स कल्ब अफ वीरगंजका अध्यक्ष सजन अग्रवाल, लायन्स देवकी नन्दन अग्रवाल, पशुपति विक्रम साह, उषा साह, डाक्टर नुरुल होदा, सुवास अग्रवाल, रामविहारी पान्डे, विनय वंशन,  उमेश साह कानु ,पत्रकार लालबाबु बानिया, रितु कुमारी कर्ण, सहयोगी लालबाबु मंडल, राजेश अधिकारी, चनरमन राउत,  वडा सदस्य मदन सहनी, अरुन कुमार बानिया लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका अध्यक्ष अमोद केवटले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.038 sec. Memory consumption:82.49 mb