31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

ताजा जनादेशको नाममा केपीतन्त्र लाद्ने खेल हुँदैछ : नेता शशीकपुर मियाँ

राजा महेन्द्रले २०१७ पुष ३ गते गरेको ‘कु’ कै शैलीमा वर्तमान प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी ‘कु’ गरेको जनता समाजवादी पार्टीका नेता शशिकपुर मियाँको आरोप छ । उनका अनुसार राजा महेन्द्रले पुष ३ गते र ओलीले पुष ५ गते ‘कु’ गरेको यति मात्रै फरक छ । एकात्मक प्रणाली र एकात्मक सोचले मुलुकलाई प्रधानमन्त्रीले लगिरहेको अवस्थामा मुलुकले धेरै ठुलो नोक्सान उठाउने खतरा देखिएको उनको ठहर छ । जसपाका प्रभावशाली युवा नेता एंव केन्द्रिय सदस्य समेत रहेका उनै शशिकपुरसंग संसद विघटन लगायतका विषय बारे बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंश ।

१. प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी मध्यावती निर्वाचन घोषणा गर्नुलाई यहाँले कुन रुपमा लिनुहुन्छ ?
संविधानमा व्यवस्था नभएको दफा उल्लेख गरी वर्तमान प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिले तुरुन्तै सिफारिस गर्नु अलोकतान्त्रिक, गैर संवैधानिक र निरञ्कुश लाद्ने खेल भएको छ । तसर्थः संविधानमा व्यवस्था नै नभएको दफालाई टेकेर संसद विघटन गर्नु असंवैधानिक, अलोकतान्त्रिक र गैर जिम्मेवरी भएको हाम्रो ठहर छ ।

२. राष्ट्रपतिले संसद विघटनको सिफारिस रोक्नु पथ्र्याै भने कतिपयको मत देखिन्छ । कार्यकारी अधिकार नभएको राष्ट्रपतिलाई सरकारको सिफारिस रोक्ने अधिकार छ ?
सरकारले विधि प्रकृया र संविधान विपरित गर्ने कामलाई राष्ट्रपतिले रोक्नु पर्थयाे । राष्ट्रपति संविधानको रक्षक हो । तर अहिले रक्षक नै भक्षक भएको देखिन्छ । प्रधानमन्त्रीले संबिधानको धारा ७६ प्रयोग गरेर संसद विघटन गर्नु अहिलेको संविधानले अधिकार दिएको छैन् । यो कुरा राष्ट्रपतिले कानुन बिद्धलाई बोलाएर राय सल्लाह लिई प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएकोले उक्त प्रस्ताव रोकेर फिर्ता गर्नु पथ्र्याै । तर संसद विघटन प्रस्ताव पास गरेर प्रधानमन्त्रीभन्दा बढि राष्ट्रपति दोषी देख्नु भएको छ ।

३. संसद विघटन भई मध्यावधी निर्वाचन घोषणाको भोली पल्टबाटै तपाईहरु सडकमा उत्रिनु भयो । संसद विघटन गर्ने केही संवैधानिक अधिकार होला नि ?
नेपाली जनताले के बुझ्नु प¥यो भन्दा खेरी नेकपाको दुई तिहाई बहुमतबाट प्रधानमन्त्री ओली नेतृत्वको सरकार थियो । अब कुन अवस्थामा संसद विघटन गरियो त ? वहाँको पार्टीभित्रै किचलो भयो, घरभित्रै आगो लाग्यो अनि त्यो आगो सडकमा ल्याउने खेल र नेपाली जनतालाई ‘कु’ गर्ने जुन खेल खेली अन्य राजनिती दलमाथि पनि जुन ‘कु’ गर्नुभयो त्यसले गर्दा प्रतिनिधी सभा भङ्ग गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन् । किन भने नेकपा अर्थात प्रधानमन्त्रीको घरका्े झगडा नेपाली जनतामाथि थुपार्नु ठिक होईन । राजा महेन्द्रले २०१७ पुष ३ गते गरेको ‘कु’ कै शैलीमा प्रधानमन्त्री ओलीले पनि ‘कु’ गर्नु भएको छ । राज महेन्द्रले पुष ३ गते गर्नु भयो र ओलीले पुष ५ गते गर्नुभयो । यति मात्रै फरक छ । तसर्थः अहिलेसम्म नेपाली जनताले आफ्नो अधिकारका निमित मधेश बिद्रोह गरे, प्रजान्तत्र र गणतन्त्रको लागी पनि आन्दोलन भयो । नेपाली जनताको रगत र पसिनाले जुन उपलब्धी भयो, मधेश जनविद्रोहबाट जुन संघीयता स्थापित भएको छ, त्यो सारा उपलब्धीलाई गुमाउने खतरा देखिएको छ । नेकपको आपसी लडाईमा कांग्रेस पनि साक्षी देखिएको छ । तथर्सः लामो समयको संघर्ष र क्यौं मधेशी पुत्रहरुले दिएको रगतको बलिदानी र सहादतबाट प्राप्त भएको संघीयतालाई समाप्त पार्न केपी ओलीदेखी प्रचण्ड, नेपाल र कांग्रेसका नेताहरु लागेका छन् ।
त्यसकारण संसद विघटन भएको भोली पल्टबाटै जनता समाजवादी पार्टी सडकमा उत्रेको हो र अझै पनि शसक्त ढङ्गले संसद विघटन बिरुद्ध सडकमा उत्रेर कडा प्रतिकार गर्छाै । अहिले नेपालको ७७ वटै जिल्लामा केन्द्रिय तहका नेताहरु गएर जनतालाई जागरण गराउने अभियान अन्तर्गत एउटा आन्दोलन थालेका छौ ।

४‍. राजा ल्याउन पनि देशको विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ । त्यसबिच एक्कासी संसद विघटन हुनुमा राजतन्त्र पुनः बहाली हुने त होईन नि होला ?
संसद विघटन हुनुभन्दा १ महिना अगाडीदेखी नै विभिन्न जिल्लामा राजावादीहरुको जुलुश निस्केको हो । तर प्रतिनिधी सभा विघटन भएपछि राजावादीहरुको बिरोध र जुलुश रुकिएको छ । त्यसले गर्दा गण्तन्त्र र संघीयता समाप्त पार्नको लागी त्यस्तो हुन पनि सक्छ । प्रधानमन्त्री ओली राजासंग मिलेर लोकतन्त्र र संघीयतालाई समाप्त पर्ने खेल पनि गरेको हुन सक्ने हामीले आंकलन गरेका छौ ।

५. प्रधानमन्त्री ओलीले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न आह्वान गरेका छन् । प्रधानमन्त्रीले भने अनुसार चुनावमा गएर ताजा जनादेश लिदाँ के फरक पर्ला ?
जसपा चुनावबाट भाग्न खोजेको होईन । कुनै पनि देश विधि र प्रकृयाबाट चल्ने हो । प्रधानमन्त्री जस्तो गरिमा पदमा बसेको व्यक्तिले विधि, प्रकृया र संविधान मास्न खोज्ने हो भने देशमा कसरी चुनाव हुने ? हामीले संविधान मानेका छैनौं । संविधान बनेदेखी नै हामीले फरक मत राख्दै आएको छौ । नेपाली जनताले नेकपालाई पाँच वर्ष स्थायी सरकार चलाई देश बचाउन बहुमत दिएका थिए । तर दुई वर्षको कार्यकाल अहिले बाँकी नै छ, देश कोरोनाबाट मुक्त हुन सकेको छैन् । बेरोजगारी समस्या उत्पन्न भएर मुलुक अहिले संकटकालिन अवस्थामा पुगेको छ । अनि यसैबिच कसरी चुनाव गराउने ? प्रधानमन्त्री ओलीको बैशाखमा चुनाव गराउने नियत पनि देखिएन् । किन भने प्रधानमन्त्रीले सर्वबोच्च अदालतदेखी अख्तियारसम्म सबै संवैधानिक निकायमा आफ्नै कार्यकर्ता भरेर मुलुकमा चुनाव गराउने नियत देखिएको छैन् । अतः एकात्मक प्रणाली र एकात्मक सोचले मुलुकलाई प्रधानमन्त्रीले लगिरहेको अवस्थामा मुलुकले धेरै ठुलो नोक्सान उठाउने खतरा देखिएको छ । तसर्थः नेकपाले आफ्नै पार्टीभित्र सत्ताको लोभमा लडाई गर्ने ? अनि जनता चाही भोखमरीले मर्दैछन्, औषधी नपाएर मर्दैछन्, शितलहरमा कपडा नपाएर मर्दैछन्, युवाहरु जागिर नपाएर आत्म हत्या गरि मर्दैछन् र महंगाई पनि बढ्यो । यी सबै मारमा जनता अहिले पिडित छन् । अनि त्यसैमा ताजा जनादेशमा जानु देशको लागी दुर्भाग्य हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशको नाममा केपी तन्त्र लाद्ने खेल खेल्दैछन् । तसर्थः हामी चुनावबाट पछि हटेको होईन । जनताले मधेश आन्दोलनमा रक्तको बलिदान दिई ल्याएको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई केपी ओलीले समाप्त पार्ने खेल खेलिरहेका छन् । त्यसैको बिरुद्धमा हामी सडक आन्दोलनमा छौ ।

६‍. संसद विघटन सम्बन्धमा सर्बाेच्च अदालतमा परेकाे मुद्दा बिचारधिन छ । अदालतले संसद पुर्नस्थापन गर्ला भन्ने लाग्छ ?
हामीले सर्बाेच्च अदालतमाथि विश्वास गरेका छौ । तर संविधानको गर्नु पर्ने वा गरिरहदाँ कही न कही सर्बाेच्च अदालतको नियतमाथि पनि हामीले प्रश्न उठाएका छौ कि सर्बाेच्चले इमन्दारीताको साथ संविधानको एक–एक शब्द र एक–एक दफामा ७६(५) (७) र ७८ मा के छ त्योे व्याख्या गरोस् । राष्ट्रपति कहाँ प्रधानमन्त्रीले बुझाएको चिठीको पनि व्याख्या होस् । तर मलाई के लाग्छ यो सारा खेल केपी ओलीले खेलेकै पक्षमा जाने अवस्था देखिरहेकाे छ । लोकतन्त्रमा जनता सर्वाेपरि हुन्छ । सर्बाेच्च भन्दा पनि ठुलो जनता हुन्छ । हामी जनताबाटै सडक आन्दोलन गरेर प्रधानमन्त्री, राष्ट्रपतिलाई दबाब दिई संसद पुर्नस्थापना गराउँछौ ।

७‍. अनि सडकमा उत्रेर सर्बाेच्च अदालतलाई दबाब दिन खोज्नु भएको हो त ?
सडक आन्दोलनबाटै सर्बाेच्च अदालत, राष्ट्रपति र प्रधानमन्त्रीलाई दबाब दिई संसद पुर्नस्थापित हुन्छ । हामीले सडक आन्दोलनबाट सर्बाेच्च अदालत, राष्ट्रपति र प्रधानमन्त्रीलाई नैतिक दबाब दिई संसद पुनस्र्थापित गराउँछौ । किन भने संसद विघटन गरी राष्ट्रपतिले गल्ती गर्नु भयो । अब सर्बाेच्च अदालतले गल्ती नगोस् भनेर हामीले सडक आन्दोलनबाट दबाब दिन्छौ ।

८. संविधान संशोधनको मुख्य एजेण्डा सहितयहाँहरु विगतमा सरकारमा सहभागी भयो तर संविधान संशोधन गराउन सक्नु भएन् । अब संविधान संशोधन गराउने आधार के छ ?
प्रदेश प्रहरी, प्रदेशमा लोक सेवा आयोग, समानुपातिक समावेशी जस्ता संघीयताका धेरै अधिकार अहिले केन्द्र सरकारमै निहित रहेको छ । मुलुक संघीयतामा गई सकेपछि प्रदेशलाई पनि अधिकार दिउ, प्रदेशलाई बलियो बनाउन भने पटक पटक हामीले भन्दै आएका छौ । त्यसै कारण हामीले पटक पटक संविधान संशोधन गराउन नेकपाको दुई तिहाईको सरकारमा सहभागी भयौं । तर संविधान संशोधनमा सरकारले ध्यान नदिएपछि हामी सरकारबाट बाहिरियौं । संविधान संशोधनमा हाम्रो भनाई के छ भने देश बाँच्यो भने हामी पनि बाँच्छौ । देश रहयो भने संविधान संशोधन गराएर हामी आफ्नो अधिकार राख्छौ । यदि लोकतन्त्र नै समाप्त भयो भने त्यपछि के हुन्छ ? त्यसले गर्दा खेरी अहिले पनि समय छ । जुनसुकै बिचारधाराका मान्छे किन नहोस, पहिला सम्पूर्ण नेपाली जनता मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाऔं । त्यसपछि संविधानमा जुन छुटेका कुराहरु छन् अर्थात हाम्रो र राम्रो संविधान कसरी नेपाली जनताले बुझ्न सक्छ भने पहल गरौं ।

९. दुई पार्टी मिलेर बनेको जसपामा १ वर्ष नबित्दै स्थानीय तहमा अहिलेदेखी नै छुट्टा–छुट्टै गुट उप–गुट चलिरहेको छ । कसरी अगाडी बढ्छ जसपा ?
दुई ठुलो पार्टी मिलेर एक भएको छ । अहिले केन्द्रमा मात्रै समायोजन गर्न सफल भएका छौ । अहिले वडादेखी जिल्ला र प्रदेशसम्म समायोजन हुन बाँकी छ । केही दिनअगाडी मात्रै पर्सा जिल्लामा बसेको बैठकमा समायोजन प्रकृयालाई यथावत राखेर संसद विघटन बिरुद्ध शसक्त आन्दोलन गरी देश र संविधान बचाउने निर्णय भएको छ । त्यसपछि पार्टीको अर्काे निर्णय अनुसार हामी सबै मिलेर अगाडी बढ्ने छलफल भएको छ । देशमा नेपाली कांग्रेस र नेकपाको बैकल्पिक शक्तिको रुपमा जसपालाई निर्माण गरिरहेका छौ । सबै नेपाली जनताले देखेकै कुरा हो कि राष्ट्रिय अधयक्ष उपेन्द्र यादवजीले आफू पछाडी हटेर महन्थ ठाकुर र डा. बाबुराम भट्टराईलाई सम्मान गर्दै पार्टी एकिकराण गर्नु भएको छ । वहीको आधार र मूलमन्त्रमा जिल्लाका साथीहरु, केन्द्रिय सदस्य, जिल्ला कमिटिका साथीहरु अलि पछाडी हटेर भए पनि एक अरुलाई सम्मान गर्दै पार्टीलाई एक ढिक्का बनाएर लग्छौ । गुट उप–गुट राजनीतिमा सानो कुरा हो । राजनीतिमा यसले ठुलो महत्व राख्दैन । तद्यापी यो गुट उप–गुटलाई पनि हामी समाप्त पार्छाै । नेपाली जनता जुन अधिकारबाट बञ्चित छन् त्यो अधिकार कसरी हामीले दिलाउँन सक्छौ भने उदेश्य सहित देशको बैकल्पिक शक्तिको रुपमा अगाडी बढिरहेका छौ ।
१०‍. अब हुने चुनावमा यहाँको पार्टीको मुख्य एजेण्डा के हुन्छ ?
नेपालमा पहिचानबादीको कुरा गर्ने सम्पूर्ण आदीबासी, जनजाति, थारु, राई, लिम्बु, मगर,मुस्लिम, दलित यी सम्पूर्ण जातजातिका व्यक्तिहरुले अहिले पनि आफ्नो अधिकार पाउँन सकेका छैनन् । विभेदमा पारिएका पहिचानबादी शक्तिहरु अहिले एकढिक्का भएका छौ । संघीयतालाई सरकारले पङ्गु बनाएर राखेको छ । अहिले पनि मधेशको अधिकार प्राप्त भएको छैन् । मधेशी, आदीवासी, महिला पिडित छन् । यो सबै कुरालाई छिनोफानो गर्नको लागी जसपाले चुनावी एजेण्डा बनाएर घर घरमा नेपाली जनतालाई बुझाउने काम गर्छ । जसको लागी अहिले देखी जनजागरण अभियान अन्तर्गत नेपाली जनतालाई घर घरमा भई प्रतिनिधी सभा किन विघटन भयो ? जसपा पार्टीको बिचार के छ ? यो सबै कुरा लिएर गाृउँ छिर्ने बेला आएको छ । केही दिनमै जन्छौ ।
११. चुनावमा सन्तुष्टजनक सिट आएपछि सत्ता भोग गर्ने अनि पराज्य पछि अधिकारको कुरा उठाई आन्दोलन गर्ने आरोप पनि त यहाँको पार्टीमाथि र्छ नी ?
जनताले लगाएको आरोपलाई म खण्डन गर्न चाहदैनन् । तर नेपाली जनतालाई के भन्न चाहन्छ भने हामी जति पटक सरकारमा गएछौ त्यतिपटक संविधान संशोधनको लिखित सहमति गरेर गएछौ । सरकारले हाम्रो कुरा नमानेपछि सरकारबाट बाहिर पनि आएका छौ । अर्काे कुरा सरकारमा हुँदा पनि हामीले सडक आन्दोलन छोडेका छैनौं । सत्ता भनेको प्रयोग गर्ने हो । अधिकारको लागी सत्ता प्रयोग गर्न हामी गएको हो तर हामीलाई उपलब्धि नदेखिएकोले उत्पिडित, शोसित, आदीवासी, जनजाती, मधेशी, मुस्लिम लगायतका जनतालाई त्यहाँ उपलब्धि नपाएपछि हामी सरकारबाट बाहिर आएर अहिले प्रतिपक्षको भूमिकामा छाैं ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.475 sec. Memory consumption:81.56 mb