22.8 C
Birgunj
23 December 2024
KALIKATIMES.COM

मौसम विज्ञान र शितलहर

जलमण्डल, भु–मण्डल तथा वायुमण्डल जस्ता वातावरणका मुख्य घटकहरुले जैविक संसारलाई आधार प्रदानगरि जीवमण्डलको अस्तित्वकायमगरिरहेका हुन्छन । समुदायमाआधारित विपदजोखिमब्यवस्थापन (Community Based Disaster Risk Management) अन्तर्गत गरिने कार्यक्रमहरुको उति मापदण्ड बनाउनु, पुर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउनु, कृषी व्यवस्थापन सुचना प्रणालीलाई सक्रिय बनाउनु, प्राकृतिक प्रकोप रोकथाम गर्नु, बिकासका पुर्वाधार संरक्षण गर्नु, भुमी उत्पादकत्व तथा सामुदायिक भुसंरक्षण गर्नु, समूह परिचालन तथा सशक्तिकरण गर्नु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, प्रदेशीक तथा स्थानीय पालिकाहरुको योजना कार्यक्रमहरु प्रभावकारी बनाउनुको साथै जीवनदायी उत्पादनसिल वातावरण निर्माण गर्न मौसमको बारेमाहरेक मानिसमाचासो हुनु स्वभाविकै हो । वास्तवमामौसम विज्ञान “Meterology” भौतिक भूगोलको एउटा शाखाहो जहाँ वायुमण्डलमा हुने विभिन्नमौसमीगतिविधिहरु तापक्रम, वर्षा, आर्द्रता, वायुमण्डलीय चाप, हावाको गति र दिशा, बादल, सुर्यतापउर्जा सन्तुलनलगायत वायुमण्डलयीय परिसंचालन, स्थानियएवं मौसमीवायु , वायुराशी, चक्रवात, प्रतिचक्रवात, वायुमण्डलीय प्रकोप तथा चरम घटनाहरु, मौसम भविष्यवाणी, मौसम जलवायु परिवर्तन आदिलाई मुख्य केन्द्र बिन्दुको रुपमाअध्ययन र अनुसन्धानगर्ने गरिन्छ । यस विज्ञानलाई जलवायु विज्ञान, ऋतु विज्ञान, वायुविज्ञानआदिको नामले चिनिन्छ ।

विभिन्नमौसम विद्काअनुसार छिनछिनमा परिवर्तन भईरहने वायुमण्डलिय अवस्था नै मौसम (Weather) हो । जलवायु विज्ञानको हिसाबले मौसम ऋतु अनुसार बदली रहेको हुन्छ । ऋतु एक वर्षभन्दा छोटो कालखण्ड हो । जसले वर्षलाई वसन्तसम्पात (March-21), कर्क संक्रान्ति (June-21), शरद सम्पात (Sep-23) र मकर संक्रान्ति (Dec-22) विभिन्न भागमा विभाजित गर्दछ । पृथ्वीको वार्षिक गति र अक्षीय झुकाव (२३.५) डिग्रीको कारणले ऋतु परिवर्तन भई चक्रिय रुपमामौसम फेरबदलभईरहेको हुन्छ । पृथ्वी सुर्यको वरिपरि करिब ९६.६ करोड कि.मि. को दुरीमा लगभग १६९० कि.मी प्रति घण्टाको दरले दीर्घवृतकार कक्षमापश्चिम देखीपूर्वतिर २३.५ डिग्री को झुकावमा परिक्रमगरिरहेको कारण उत्तरी तथा दक्षिणी गोलाद्र्धमागर्मी र ठण्डी मौसम हुने गर्छ । पृथ्वीले सुर्यलाई विभिन्नअवस्थामा परिक्रमण गरिरहेको बेलामार्च–२१ र sep-23 अर्थात सम्पातको बेला सुर्यको सिधाकिरण भुमध्यरेखामालम्बरुपले चम्किरहने हुंदा पृथ्वीको दुबै गोलाद्र्धमागर्मी ठण्डी बराबर (दिन रात)हुने गर्दछ । sep-23 दक्षिणी अक्षांश रेखाको आधाभन्दाअधिकभागमाप्रकास आउन थाल्छ र उत्तरी अक्षांश रेखाको आधाभन्दाअधिकभागअन्धकारमाहुन पुग्छ । यसरी शरद ऋतुको बर्हिगमन संगै हेमन्तऋतुको आग्मनसंगै dec-२२ को समयमासुर्य मकर रेखाको २३.५ंंs माथिलम्ब रुपले चम्किरहेको हुन्छ । यो बखतउत्तरी गोलाद्र्धमालामो रात र छोटो दिन हुन्छ । पृथ्वीको यस अवस्थाको दिनलाई मकर स्रक्रान्तिध्ष्लतभच क्यकितष्अभकभनिन्छ । यस समयमा नेपालमाकरिब १४ घण्टाको रात र १० घण्टाको दिनहुन्छ । रातलामो संगसंगै ठण्डी (चिसो) ले पनिआफनो ब्रजस्वजमाईरहेको हुन्छ ।

परापूर्वकालदेखी नै मानव समुदाय हेमन्तशिशिरऋतुको मध्यभागतिर अर्थात पौष माघको समयमाविभिन्नशितकालीनमौसमी घटनाहरुको चपेटमा रहंदै आईरहेका छन । पृथ्वीको वरिपरि रहेकाविभिन्नग्यांसहरुको बाक्लो आवरण वायुमण्डल हो र यसले पृथ्वीको वातावरणलाई सन्तुलन राख्ने काम गर्छ । वायुमण्डलको करिब ७५ प्रतिशतभार सबभन्दातल्लो तह निम्नमण्डल ९त्चयउयकउजभचभ०मा हुन्छ र पृथ्वीमाहुने प्रायःमौसमी घटनाहरु यसै तहमाहुने गर्दछन् । करिब शुन्य देखि ४प्रतिशतको अनुपातमा वायुमण्डलमा रहेको जलवाष्प (आद्रता) कै कारण कुनै पनि स्थानको मौसम र जलवायु बढि प्रभावित हुन्छ । यतिमात्रनभई यहीजलवाष्पचिसो मौसमको बेलाआफनो अवस्थामा परिवर्तन ल्याई शीत , कुहिरो, तुसारो , हुस्सु , हिमवृष्टि आदिको रुपमा परिवर्तित हुन्छ ।

१.शीत –ओस) : वायुमण्डलमा हुने संक्षेपणप्रकृया (Condensation Process) को एक विशेष रुप शितहो । जमिनसंगै टाँसिएर सतहनजिक रहेको हावामाजलवाष्पको मात्राअपेक्षाअनुसार अधिक नै हुन्छ र कन्डेस्न प्रकृया द्धारा प्रायः रातको समयमाविकिरण वा सम्पर्क चिसोपन Contact Cooling ऋययष्लिन बाट जलवाष्पथोपामा परिणत भई शीत बन्दछ । थोपाको रुपमा परिणत हुंदावजन बढन गई हावाले समात्ननसकि जलकणको रुपमापात घाँस माथि खसेको देखिन्छ । उच्च सापेक्षिकआर्दता, बादल रहित सफाआकाश, धरातलीयविकिरण द्धारा तिब्र गतिमातापशक्तिको ह्रास, लामो राततथाशान्तगतिको वायु आदि जस्ता परिस्थितीशीत(ओस)निर्माणमा अहमभुमिका खेल्छन ।

२. तुसारो (पाला) : जब धरातलकोतापक्रमशुन्य डिग्री भन्दातल झर्छ, त्यो बेला माटो वाहावामा रहेको जलवाष्पसिधै ठोस (हिमकण को रुपमा रुपान्तरण हुन्छ । यसैलाई तुसारो वापाला पर्नु भनिन्छ । यो उध्र्वपतन–क्गदष्mिबतष्यल)प्रकृया द्धारा निर्माण हुन्छ । आर्थिक दृष्टीकोणले तुसारो अत्यधिकहानिकारक हुन्छ किनभने यसले प्रायःआलु, टमाटर, अरहर, लहसुन, तोरी जस्ता हिंउदे बालीनाली नष्ट गर्दछ ।

३. कुहिरो(ँयन र हुस्सु –ःष्कत ः धरातल सतहको माथि रहेकोआद्र्र हावाअत्यधिकचिसोको कारण जलकणको समुहमा परिणत भई धंधको रुपमा बसिरहेको हुन्छ । त्यसैलाई कुहिरो वा हुस्सु लागेको भनिन्छ । बादलको निर्माण प्रायःतातो हावामाथिगई चिसो हुने कारणले हुन्छ तर यिनीहरुको निर्माण धरातलीय सतहकोनजिकविकिरण परिचालनऋयलमभलकबतष्यलतथातातो र चिसो हावाको समिश्रण बाट हुने गर्दछ । मौसम बिज्ञानको अनुसार कुहिरोएक किसिमको बादल नै हो । जुन सामान्यबादलभन्दाविपरित धरातल संग जोडिएर धरातलको भिजिबलिटी दृश्य एक कि.मीं कम हुन्छ । कुहिरो लागेको समयमा दैनिकजनजिवनअति नै कष्टकर हुन्छ र जलकणको समुह दृश्य हुन्छन । कुहिरो दिन भरी वा केहीहप्ता सम्मआकाशलाई ढाकेर बसेको हुन्छ तथा सुर्यले किरणलाई जमिन सम्मआउन छेकिरहेको हुन्छ । यस अवस्थामा जलकणको ब्यास १०० माइग्रेनभन्दाकम हुन्छ ।
हस्सु ःष्कत ः सामान्यतःकुहिरो ,धुंद, धुहासाआदिनमले चिनिन्छ । हुस्सु लागेको बेला धरातलको भिजिब्लिटी (१—५) कि.मी.सम्म हुन्छ । र जलकणका समुहअदृश्य हुन्छन । हुस्सु लागेको समयमा वायुमण्डलिय सापेक्षिकआर्दता७० प्रतिशतभन्दा बढी नै हुन्छ । यस अवस्थामामानिसको जनजीवनअति कष्टकर हुंदैन । साथै सुर्योदयले आगमन संगसंगै हुस्सु समाप्तभएर जान्छ ।
उष्ण कटिबन्धीय क्षेत्र (ब्चभब इा त्चयउष्अक)माकहिरो हुस्सु चिसो महिनामा बढी देखिन्छ तर ३५ डिग्री अक्षांशभन्दामाथिप्रायः सबै ऋतुहरुमा देखा पर्छन् ।
४. शितलहर (ऋयमि ध्बचभ)ः नेपालमाहुने प्रमुखविपद्जन्यप्रकोपहरु बढी, पहिरो, महामारी ,हिमस्खलन,भुकम्प, हिमतालविष्फोट ,खडेरी ,आँधीबेहरी, चट्याङ्ग, असिना पर्नु, लू–चल्नु, जस्तै शितलहर पनि एक प्रमुखप्राकृतिकप्रकोप वाविपदहो जुन नेपालकोमुख्य तराई ईलाकामाचल्ने शीतकालीनलहर हो । प्रायः पुस– माघ महिनामाअत्यधिकचिसोको कारण वायुमण्डलकोतल्लो तहलाई बाक्लो हुस्सु कुहिरोले ढाक्दा सुर्यको तापशक्तिहप्तौ दिनसम्म धरातलमानआउँदाआकास बाट चिसो शित खस्नुको साथै वायुमण्डलीय तापमानएकदमै न्यूनभई उत्तर पश्चिमदिशा बाट आउने शुष्कएवं चिसो हावाले बाक्लो हुस्सु र कुहिरो बगाउने प्रकृया नै सितलहर हो । मौसम बिज्ञानको दृष्टीकोणले शितलहर पनिजलवाजलवायु संग सम्बन्धितप्राकृतिकविपदहो । छिमेकीमुलुकभारतको उत्तरी क्षेत्र बिहार , उत्तरप्रदेश ,हरियाणा , पंजाब, दिल्ली ईलाकामादिनप्रतिदिन बढदै गईरहेको शहरीकरण, औधोगिकरण तथा जनसंख्या बृद्धीले गर्दा वायुमण्डलमा सल्फर डाइअक्साइड ,नाईट्रोजनडाइअक्साइड जस्ता प्राणघातक ग्यास धुंवा, धूलोसंग मिलीवायु प्रदुषण बढदै जाँदा नेपालको तराई क्षेत्रमाहरेक वर्ष शितलहरको प्रकोप बढदै गई रहेको देखिन्छ । यतिमात्रनभई बिकासको नाममा तराई क्षेत्रमाभई रहेको जनसंख्याको वृिद्ध , जग्गाप्लैटिङ्ग सहितको वनबिनास , कृिष क्षेत्रमाप्रयोग हुने विषादी, तिब्र गतिमाबिना मापदण्ड संचालनहुने कलकारखानालगायत बढदो सवारी साधनले हुने वायु प्रदुषणले गर्दा पनि तराई क्षेत्रमाशितलहर विपदको रुपमाचर्चामाआईरहेको देखिन्छ ।
शितलहर अरु प्रकृतिकप्रकोप जस्तो भौतिकक्षतीनगरेतापनियसले देशको कुल जनसंख्याको लगभगआधाबसोबास गर्ने तराई क्षेत्रको अधिकांश स्थानमाविपदल्याउने गर्दछ । संयुक्त राष्ट्रिसंघीय बिकास कार्यक्रमग्ल्म्एको मानवबिकास प्रतिबेदनअनुसार एशियाका ५८ राष्ट्रयहरु मध्ये नेपाल तेस्रो अतिगरिब राष्ट्रहो । जसको मानवबिकास सुचांक छैठौ न्युन स्थानमा छ । तसर्थ शितलहरको कारण तराईकाविपन्नवर्ग , बालबालिका, महिला, जेष्ठ नागरिक , सिमान्तकृत समुदायकामानिसहरुन्यानो कपडाको अभावमाकोल्ड डाइरिया , रुघाखोकी , निमोनिया, ज्वरो, हाइृपोथर्मिया जस्ता रोगको सिकार भई मृत्यु हुने गरेको समाचार दिनहुं रेडियो, टि.भी. तथापत्रपत्रिकामाआईरहेको हुन्छ ।

एकात्मकशासन प्रणाली बाट हाम्रो देश नेपाल संघीयतामाप्रबेश गरी देशमा संघ ,प्रदेश र स्थानिय गरी तीनतहको सरकार स्थापितभएतापनिजलमौसम संग सम्बन्धितपूर्वसुचनातथा चेतावनी प्रणालीको बारेमाआमजनसमुदायमा ज्ञान नहुंदा यस्ता विपदी बाट दिनप्रतिदिन कष्टकर जीवनबिताउनबाध्यभएका छन् । अतःपुर्वसुचना प्रणालीको बिकास संगसंगै विपदब्यवस्थापनचक्र अन्तर्गत गरिने पूर्वतयारी, न्यूनीकरण, रोकथाम संगै खोज,उद्दार एंव राहत र पुर्नस्थापनातथापुननिर्माण कार्यलाई थपव्यवस्थितबनाउन स्थानीय स्तरमा नै परिस्थितिअनुसार अल्पकालीन र दीर्घकालीन रणनीतिहरुको तर्जुमागरि संङकटासन्नता वाजोखिममा रहेका समुदायलाई जागरुकतथा सबल बनाउनु आजको आवश्यकताहो ।

 लेखकः– अखलेश चौरसिया
(सहायक मौसम विद्)
हाल : जल तथा मौसम विज्ञान कार्यालय
सिनप्टिक केन्द्र, दाङ–घोराही

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एउटै कपीमा तीन दाजुभाइ मिलिजुली लेखेर पढ्ने

कालिका टाईम्स

वंगलादेशको म्यासेज

कालिका टाईम्स

ममता र मानवताकाे महापर्व छठ पुजा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.252 sec. Memory consumption:81.67 mb