वीरगंज, ८ मंसिर ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर २४ हरपुरमा निशुल्क स्वास्थ्य जाँच शिवीर शनिबार सम्पन्न भएको छ ।लियो क्लब अफ वीरगन्जको आयोजना तथा हेल्प युवा क्लब जितपुर सिमरा र नेपाल भिजन केयर अस्पताल प्रालिको सहयोगमा श्री नेपाल राष्ट्रिय प्राबी हरपुरको प्राङ्गणमा सिबिर सप्पन्न भएको हो । निशुल्क स्वास्थ जाच सिबिरमा महिला ,पुरुष बालबालिका गरि ६ सय जनाले स्वास्थ्य जाच गराएको लियो क्लब अफ वीरगन्जका सचिव मेराजुल हवारीले जानकारी दिए ।
स्वास्थ्य शिबिरमा स्त्री तथा प्रसुती रोग बिसेसज्ञ डाक्टर सलमा बानु,कन्र्सलटन्ट सर्जन डाक्टर मेहदी हसन ,फिजिसियन डाक्टर सैलेजा नन्द ,डाक्टर रुपेन्द्र मिश्रा ,सचितानन्द साह,बिश्वास घिमिरे ,घनश्याम कुशवाहा लगायतकाले स्वास्थ्य जाँच गरेको लियो क्लब अफ वीरगन्जका अध्यक्ष सिमोन गुरुङले बताए ।
निशुल्क स्वास्थ जाँच शिबिरमा लियो क्लब अफ वीरगन्जका सल्लाहकार एवं युवा पत्रकार तिवारी यादव ,अध्यक्ष सिमोन गुरुङ ,उपाध्यक्ष अञ्जली गर्ग ,पुर्ब अध्यक्ष सरिता खडगी ,निकेश श्रेष्ठ ,दिपेन्द्र यादव ,रिसभ राज अग्रवाल ,कोशाध्यक्ष राम बिनेश यादव ,सदस्यहरु अमृता ठाकुर,अन्जना साह ,भगवती सिग्देल ,दिपेन्द्र साह,अन्कित श्रेष्ठ, वडा अध्यक्ष ईलियास देवान , समाजसेवी बिकाश यादव , कलाम मियाँ अंसारी लगायतको उपस्थिति रहेको थियो ।