पर्सा । सामुहिक बलात्कारको शिकार भएकी महिलाले न्याय नपाएको गुनासो आईरहेकै अवस्थामा पर्सामा फेरि एउटा बलात्कारको घटना सार्वजनिक भएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरकी २५ बर्षिया महिलाको बलात्कार भएको हो । महिलाले जिल्ला प्रहरी कार्यालय पर्सामा आफूमाथि बालात्कार भएको उजुरी दिएकी छन् ।
उनले लिखित जाहेरी दिँदै गाउँकै ३२ बर्षिय राजकुमार यादवले आफूमाथि जर्बजस्ती करणी गरेको दावी गरेकी हुन् । परिवारका कुनै पनि सदस्य घरमा नभएको मौका छोपी घरभित्र प्रवेश गरी यादवले मंसिर ४ गते दिउँसो मुख थुनेर जर्बजस्ती करणी गरेको महिलाले प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ । पिडित महिलाले बाहिर रहेको श्रीमानलाई फोन गरेर घटना बारे जानकारी गराए पछि घर आएका श्रीमानको सहयोगमा उजरी दिएकी हुन ।
महिलालाई स्वास्थ्य परीक्षणका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस अघि वीरगञ्ज महानगरपालिका वडा नं १६ सौराह टोलमा सामुहिक बलात्कारको शिकार भएकी पीडित महिलाले अझै न्याय नपाएको गुनासो गरिरहेकी छन् । राति शौच गर्न गएको समयमा कात्तिक ५ गते भएको घटनाबारे प्रहरीमा किटानी जाहेरी दिएको भएपनि पक्राउ पर्न सकेका छैनन् ।