22.5 C
Birgunj
20 October 2024
KALIKATIMES.COM

ई-रिक्सामा राखेर भारत तर्फ लैजादै गरेको अवस्थामा मरिच बरामद

marich baramat-kalikatimes

वीरगञ्ज, ५ मंसिर । सशस्त्र प्रहरीको वीरगञ्ज भन्सार सुरक्षा गुल्मले वीरगज महानरपालिका-१६ शंकराचार्य गेटदेखि दक्षिण दशगजा क्षेत्रबाट फेरि १२५ किलो मरिच बरामद गरेको छ । ना १ ह ४९२९ नम्बरको ई-रिक्सामा राखेर भारततर्फ लैजादै गरेको अवस्थामा मरिच बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्काले जानकारी दिए ।

बरामद गरिएको मरिचको मुल्य ४३ हजार ७ सय ५० रुपैयाँ अनुमान गरिएको छ । सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै ई-रिक्सा चालक भने फरार भएकोले नियन्त्रणमा लिन नसकिएको जनाइएको छ । ई-रिक्सासहितको मरिच आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा गुल्मले जनाएको छ ।

भियतनाम लगायत तेस्रो मुलुकबाट मरिच ल्याएर भारततर्फ तस्करी गर्ने क्रम अझै रोकिएको छैन । नेपालमा भन्दा भारतमा मरिचको मुल्य बढी भएका कारण तस्करी नरोकिएको हो । वीरगञ्जमा ४/५ सय रुपैयाँ किलोमा पाइने मरिच भारतीय बजारमा त्यति नै भारतीय रुपैयाँमा बिक्रि हुने गरेको छ । त्यसले गर्दा पनि मरिच तस्करी नरोकिएको व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स

रवि लामिछाने पक्राउको विरोधमा वीरगंजमा पनि प्रदर्शन, निकालियाे शव यात्रा

कालिका टाईम्स

वीरगंजमा ड्रोन मार्फत भू–सर्वेक्षण सुरु

कालिका टाईम्स
SQL requests:215. Generation time:3.997 sec. Memory consumption:81.43 mb