31.1 C
Birgunj
11 March 2025
KALIKATIMES.COM

भोजपुरी सांगीतीक साझ कार्यक्रम भव्य रुपमा सम्पन्न, महानगरपालिकाको कामकाजको भाषा भोजपुरी बनाइने

वीरगंजको आदर्शनगरमा आयोजित कार्यक्रममा कलाकारहरुको आफनो प्रस्तुती गर्दै । तस्बिर : प्रणय साह

कास/वीरगंज, २८ असोज ।
नेपाल भोजपुरी समाजको आयोजनामा शनिबार वीरगंजको आदर्शनगरमा भोजपुरी सांगितिक साझ नाम दिइएको सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । भोजपुरी भाषा, साहित्य र संगितको प्रबद्र्धनको उद्देश्यले आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल भोजपुरी समाजको उपाध्यक्ष समेत रहेका स्थानिय कलाकार धु्रव सिंह ठकुरी, सचिव रितु राज पटेल, सह सचिव अजमत अली अंसारी, नेक महमद, बिभा मेहता, निरज अचार्यले प्रस्तुती गरेका थिए ।

भोजपुरी संगित अश्लील तर्फ बढदै गइरहेको आलोचना भइरहेको बेला वीरगंजमा आयोजित कार्यक्रममा स्थानिय कलकारहरु द्वारा आफै लेखिएको मौलिक गित–संगितको प्रस्तुतीले कार्यक्रमका सहभागिहरु भोजपुरी संगित प्रति आक्रषित र उत्साहित भएका थिए । कार्यक्रममा कलाकार चन्दन दास, कलिम, सावनले मियुजिसियनको भुमिका निभाएका थिए ।

नेपाल भोजपुरी समाजका अध्यक्ष रामदेव प्रसाद श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानरपालिकाको मेयर विजय सरावगी, डा. हरिन्द्र हिमकर, वृज मोहन सिंह, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, सानोपाइलाका कञ्चन झा लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका मेयर सरावगीले महानगरपालिकाको कामकाजको भाषा भोजपुरी बनाउन हामी लागि परेको वताए ।

कार्यक्रमको संचालन भोजपुरी समाजकी सदस्य समेत रहेकी पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन र पत्रकार राजेन्द्र  सिंहले गरेका थिए भने स्वागत भाषण समाजका सदस्य रंजित यादवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

को-अपरेटिभ म्यानेजर्स क्लबद्वारा होली मिलन कार्यक्रम सम्पन्न

कालिका टाईम्स

ठाकुर रामकाे स्ववियु निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन्न गर्न विभिन्न निर्णय

कालिका टाईम्स

नेपाल कावेरी एकेडेमीको ११ औं वार्षिकाेत्सव भव्य रुपमा सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:6.721 sec. Memory consumption:82.43 mb