Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नेपाल इन्डाे टि२० प्रतियाेगिताकाे उपाधिकाे लागि आज बारा र सर्लाही भिड्दै

spot_img
spot_img

वीरगंज । बाराकाे प्रसाैनी गाउँपालिका स्थित चटीया बाबा फिल्डमा जारी नेपाल इन्डाे टि२० नकआउट क्रिकेट प्रतियाेगिताकाे उपाधिकाे लागि आज बारा क्रिकेट क्लब र सर्लाही क्रिकेट क्लब भिडने भएका छन् ।

११ स्टार क्रिकेट क्लब प्रसाैनी गाउँपालिकाकाे आयाेजनामा फागुन २२ गतेदेखि सुरु भएकाे प्रतियाेगिता अन्तर्गतकाे हिजाे साेमबार भएकाे दाेस्राे फाइनल खेलमा भारतकाे पाटना क्रिकेट क्लबलाई बारा क्रिकेट क्लब फाइनलमा प्रबेश गरेकाे थियाे । 

टस जितेर ब्याटिङ गरेकाे बाराले पुरै २० ओभर खेल्दै ८ विकेटकाे नाेक्सानमा १६७ रन बनाएकाे थियाे । त्यसपछि १६८ रनकाे लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेकाे पाटनाले  १९ ओभर मै पुरै विकेट गुमाउँदै १४० रन मै समेटिएपछि बारा विजयी घाेषित भएकाे थियाे ।

खेलकाे म्यान अफ दि म्याच भएका बाराका अरनिकी यादवलाई कलैया उपमहानगरपालिकाका मेयर विनाेद प्रसाद जयसवालले ट्रफी प्रदान गरेका थिए । त्यस अघि भएकाे प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनल खेलमा सर्लाही क्रिकेट क्लबले भारतकाे सितामढी क्रकेट क्लबलाई हराउँदै फाइनलमा प्रबेश गर्न सफल भएकाे थियाे । 

राष्ट्रिय वाणिज्य बैंककाे मुख्य सहयाेगमा भइरहेकाे प्रतियाेगिताकाे फाइनल खेल आज दिउसाे एक बजेदेखि बारा र सर्लाही बिच हुन‍े आयाेजक ११ स्टार क्रिकेट क्लबका अध्यक्ष अतेन्द्र राउतले जानकारी दिए । 

प्रतियाेगिताकाे उद्घाटन नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री प्रकाश शरण महतले गरेका थिए भने आज हुने समापन समाराेहका प्रमुख अतिथी पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ रहेका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...