Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

ठाकुर रामकाे स्ववियु निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन्न गर्न विभिन्न निर्णय

spot_img
spot_img

वीरगंज । ठाकुर राम बहुमुखि क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनकाे विषयमा जिल्लाका सुरक्षा निकाय र स्वतन्त्र विधार्थी युनियन निर्वाचनका पदाधिकारीको उपस्थितिमा आइतबार बसेकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाे अध्यक्षतामा बसेकाे बैठक निर्वाचनको सुरक्षा व्यवस्था सम्बन्धि विषयहरुमा सम्बन्धित सरोकारवाला एवं सुरक्षा निकायसंग छलफल गर्दै विभिन्न निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

जिल्ला प्रशासन कार्यालय पर्साकाे सभाहलमा बसेकाे बैठकले निर्वाचनको सबै चरणमा त्रिभुवन विश्वाविद्यालयबाट जारी गरिएको निर्वाचन सम्बन्धी निर्देशिका सबै सरोकारवाला पक्षहरुले अक्षरस पालना गर्ने, त्रिभुवन विश्वविद्यालयले आवश्यक पदाधिकारी तथा निर्वाचन आयुक्त तोकी सकेपछि निर्वाचनलाई प्रभावित तुल्याउने कुनै क्रियाकलापहरु कुनै पनि पक्षले नगर्ने, नगराउने निर्णय गरेकाे छ ।

यसैगरी बैठकले विद्यार्थीको परिचयपत्र सम्बन्धित विद्यार्थीलाई मात्र वितरण गर्ने, निर्वाचनलाई पारदर्शी, भयरहित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न सबै सुरक्षा निकायले समन्वयात्मक रुपमा सूचनाको आदानप्रदान गर्ने र सुरक्षा निकायले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने, दावि विरोधसँग सम्बन्धित सबै विषयहरु पारदर्शी रुपमा समाधान गर्ने, क्याम्पस व्यवस्थापन र कर्मचारीहरुलाई निर्वाचन प्रकृयाबाट पूर्णतः अलग गर्ने पनि निर्णय गरेकाे छ ।

यसैगरी कर्मचारीबाट हुने प्रचारप्रसार/परिचयपत्र लिने तथा निर्वाचनलाई प्रभावित पार्ने कार्यलाई दण्डित गर्ने, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रकृयामा कुनै विवाद भएमा लिखित रुपमा म्यानुट उठाई समस्या समाधान गर्ने र गलत गर्ने माथि निर्वैयक्तिक रुपमा कानून बमोजिम कारवाही गर्ने बैठककाे निर्णय छ ।

बैठकका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गाैतम मिश्र, श्री जंग गण वीरगंजका सेनानी देव बहादुर बाेहरा, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रहरी उपरिक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका दिलिप कुमार सिंह, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गाैतम, प्रशासकिय अधिकृत दिपक पटेल लगायतक विभिन्न संगठन र समुहका प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बारा–रौतहटका औषधि पसलमा विभागको छापा, ४ फार्मेसी सिल र ३ बन्द

वीरगंज । बारा र रौतहटका विभिन्न स्थानमा विना इजाजत तथा विना फर्मासिस्ट औषधि पसल सञ्चालन भइरहेको उजुरीपछि औषधि व्यवस्था विभागको टोलीले अनुगमन तीव्र बनाएको...

पर्सामा १०९ किलो गाँजा बरामद, बोलेरोसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार...

जनकपुरधाममा मधेश प्रदेश युथ समिट सम्पन्न, ७ बुँदे घोषणापत्र जारी

वीरगंज । मधेश प्रदेशका युवाका सवाल, सुशासन, डिजिटल अधिकार र सामाजिक न्यायका विषयमा केन्द्रित ‘मधेश प्रदेश युथ समिट २०२६’ ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी...