Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नेपाल कावेरी एकेडेमीको ११ औं वार्षिकाेत्सव भव्य रुपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल कावेरी एकेडेमीले आफ्नो ११ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । वार्षिकउत्सव कार्यक्रममा एकेडेमीका विद्यार्थीहरूले नृत्य, संगीत र नाटक मार्फत विभिन्न समसामयिक तथा सामाजिक विषयवस्तुमा आधारित जीवन्त प्रस्तुतिकरण गर्दै आफ्नो प्रतिभा देखाएका थिए । हरेक विधार्थीको प्रस्तुतीकरणमा उनीहरुका समर्पण र कडा परिश्रम देखीएको हो ।

वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सिद्धार्थ इन्टरनेशनल कलेजका निर्देशक र क्याम्पस प्रमुख डा. सुषमा तिवारी, उद्योगपति एव् समाजसेवी डा. लायन रमेश कुमार अग्रवाल र लायन्स क्लब अफ वीरगञ्ज संस्कृत गोल्डकी अध्यक्ष रितिका जयसवाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सुरुवात एकेडेमीका कार्यक्रम निर्देशक तथा प्रधानाध्यापक विशाल साहूले स्वागत मन्तव्यबाट गरेका थिए भने आयुषी तुलस्यानले संस्थाको उपलब्धि, सुरु गरिएका नयाँ सुविधाहरू र आगामी वर्षका लागि सञ्चालक समितिको उद्देश्यबारे प्रकाश पारेकी थिईन् ।

वार्षिकउत्सव कार्यक्रममा प्रस्तुति विधार्थीहरको विभिन्न प्रतिभाबाट उनीहरूको समर्पण र शिक्षकहरूको मार्गदर्शनलाई प्रतिबिम्बित गरीएको थियो भने कार्यक्रमले अभिभावकहरूलाई आफ्ना बालबालिकाहरुप्रती गर्व महशुश गराएको एकेडेमीका प्रधानाध्यापक साहुले बताए ।

नेपाल कावेरी एकेडेमीका निर्देशक ओजस तुलस्यानले विद्यार्थी, शिक्षक र कर्मचारीहरूको सामूहिक प्रयासले विधालयमा अनुशासन , अध्ययनमा विधार्थीहरु अब्बल बनेको भन्दै धन्यवाद समेत ज्ञापन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...