Date
शुक्र, साउन २२, २०८३
Fri, August 7, 2026

दोस्रो वीरगंज गोल्डकपको उपाधी पुलिसले उचाल्यो

spot_img
spot_img

वीरगंज । दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको उपाधी विभागीय टोली नेपाल पुलिस क्लबले उचालेको छ । आर्दशनगर रंगशालामा भएको खेलमा टाईब्रकेरमा नेपाल पुलिस क्लबले ३–० गोलअन्तरले मच्छिन्द्र फुटबल क्लबलाई हराएको हो ।

खेलको सुरुमा हाबि देखिएको मच्छिन्द्र फुटबल क्लबले दोस्रो हाफमा कमजोर रुपमा देखिएको थियो । पहिलो हाफमा लगातार दबाबमा देखिएको पुलिसले खेलको १२ औ मिनेटमा मच्छिन्द्रका खेलाडी समिरराज थोकरले गरेका थिए ।

खेलको पहिलो हाफ सम्म एक गोलले अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफमा भने बराबरीमा पुगेको थियो । खेलको ५८ औ मिनेटमा नेपाल पुलिस क्लबका खेलाडी बिकाश विकले गोल गरेर टिमलाई खेलमा फर्कोएका थिए ।

खेल निर्धारित समयमा नसक्दा टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी , खेलाडी संजीव लामा, गोलकिपर अमित टामाटा र उज्जवल राईले हानेका थिए । जसमध्ये राईले हानेको बल पोष्ट भन्दा बाहिर गएको थियो ।

यस्तै टाईब्रेकरमा मच्छिन्द्रका बिशाल तामाङ्ग, दिवाकर चौधरी र समिरराज थोकरले हानेका थिए । जसमध्ये तामाङ्ग, र चौधरीले हानेको बल पोष्ट बाहिर गएको थियो भने थोकरले हानेका बल किपरले रोकेका थिए ।

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोली नेपाल पुलिस क्लबले नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो ।

यस्तै उपविजेता मच्छिन्द्र फुटबल क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरीएको थियो ।

फाईनल खेलमा म्यान अफ दि म्याच मच्छिन्द्रका समिरराज थोकर भएका थिए । उनले नगद १० हजार र शिल्ड पाएका थिए ।
यस्तै उत्कृष्ट गोलकिपर नेपाल पुलिसका गोलकिपर अमित टामाटा घोषित भए उनले नगद २० हजार र शिल्ड पाएका थिए ।

यस्तै उत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी घोषित भए । उनले ईलेक्ट्रीक स्कुटी पाएका थिए । भने उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस क्लबका चेतन घिमिरे साबित भए । नगद २० हजार र शिल्ड पाएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीमा बेवारिसे अवस्थामा फेला परेका दुई गोलिया सालका काठ बरामद

वीरगंज । पर्साको पर्सागढी नगरपालिका–३ स्थित सृजना टोलमा बेवारिसे अवस्थामा रहेको दुई गोलिया सालको काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...

ई–स्कुटी नियन्त्रण अभियानप्रति वीरगञ्जवासी असन्तुष्ट, ‘पहिले छिर्न दिइयो, अहिले जफत गरियो’

वीरगंज । पर्सामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको ई–स्कुटी चेकजाँच तथा नियन्त्रण अभियानप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्...

विश्व स्तनपान सप्ताह : मेडिकल कलेजमा शैक्षिक खेलौना प्रदर्शनी, ७६२ विद्यार्थी सहभागी

वीरगंज । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगंजकाे नर्सिङ विभागले बिहीबार बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा...