Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

को-अपरेटिभ म्यानेजर्स क्लबद्वारा होली मिलन कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । को-अपरेटिभ म्यानेजर्स क्लबले भव्य रूपमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । रंग र उमंगको चाड होलीलाई अवसरका रूपमा उपयोग गर्दै क्लबले विशेष कार्यक्रमको आयोजना गरेको हो । 

क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन क्लबका पूर्व अध्यक्ष जिष्णु बरालले गरेका थिए । समारोहमा वक्ताहरूले होली पर्वको महत्वका साथै सहकारी क्षेत्रको विकासमा यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमले पुर्‍याउने योगदानबारे चर्चा गरे ।

प्रमुख अतिथि जिष्णु बरालले सहकार्य र आपसी एकताको भावनालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै सहकारी क्षेत्रको सुदृढीकरणका लागि सबै पक्षहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष रविभूषण श्रीवास्तवले होली मिलन कार्यक्रमले सहकारी क्षेत्रमा संलग्न व्यक्तिहरूलाई नजिक ल्याउने बताउँदै आगामी दिनमा क्लबले अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले सहकारीहरूबीच आपसी समन्वय र समझदारी बढाउने यस्ता अवसरहरूले संस्थागत विकासमा सकारात्मक प्रभाव पार्ने बताए ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिएको थियो । सहभागीहरूले आपसमा रंगहरू आदान-प्रदान गर्दै आपसी मेलमिलाप र सद्भावको सन्देश प्रवाह गरे ।

समारोहका अन्त्यमा आयोजक टोलीले उपस्थित सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्‍यो । कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरू, व्यवस्थापक, समाजसेवी, तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...