26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नेपाल साफ यु-१८ महिला च्याम्पियनसिप फाइनलमा

काठमाडौं, १९ असोज ।
नेपाल साफ यु-१८ महिला च्याम्पियनसिप फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा भारतलाई ३-२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा दुबै टिमले निर्धारित समयसम्म १-१ गोलको बराबरी खेलेका थिए । खेलको १५ औं मिनेटमा नेपालकी रश्मी कुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले किपरलाई छक्याएर सुन्दर गोल गरेकी थिइन् ।

पहिलो हाफमा १-० गोलले अघि रहेको नेपालले दोस्रो हाफमा भने खराब प्रदर्शन गर्दै गोल खाएको थियो । तुलनात्मक रुपमा नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । खेलको ६२ औं मिनेटमा भारतकी समिक्षाले गोल गर्दै १-१ को बराबरीमा पुर्‍याएकी थिइन् ।

बाँकी समयमा दुबै टिमले बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको समयमा पनि दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।

नेपालले अब उपाधिको लागि बंगलादेश र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । onlinekhabar

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:217. Generation time:3.402 sec. Memory consumption:81.54 mb