Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पत्रकार महासङ्घ निर्वाचन : विष्टको नेतृत्वमा प्यानल घोषणा

spot_img
spot_img

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार रमेश विष्टले आफ्नो नेतृत्वको प्यालन सार्वजनिक गर्नुभएको छ । यहाँ आज पत्रकार सम्मेलन गरी विष्ट नेतृत्वको प्यानल सार्वजनिक गरिएको हो ।

विष्ट नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभासप्रसाद साह र महासचिवमा लेखनाथ न्यौपानेको उम्मेदवारी रहेको छ ।

यस्तै, खुला सचिवमा उत्तरसिंह विष्ट, मधेशी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाति सचिवमा भीषण राई, एशोसिएट सचिवमा विकास कार्की र कोषाध्यक्षमा रामकृष्ण अधिकारीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, विष्टको प्यालनबाट कोशी प्रदेश केन्द्रीय सदस्यमा तीर्थ सिग्देल र दीपेन्द्रकुमार राई, मधेश प्रदेश केन्द्रीय सदस्यमा राजु विश्वकर्मा र सञ्जयकुमार राउत, बागमती प्रदेश केन्द्रीय सदस्य उपत्यकाबाहेकमा मणिराज गौतम र मीनकुमार दाहाल हुनुहुन्छ । गण्डकी प्रदेश केन्द्रीय सदस्यमा दीपक भट्टराई, लुम्बिनी प्रदेश केन्द्रीय सदस्यमा यानेन्द्र जिसी र सुमन अधिकारी, कर्णाली प्रदेश केन्द्रीय सदस्यमा देवीराम देवकोटा र यज्ञराज थापा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा डिलबहादुर सिंह र रामसिंह ठगुन्ना तथा उपत्यका प्रदेशमा अर्जुन पन्त र सूर्य सुवेदी उम्मेदवार रहनुभएको छ ।

प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र साहस भट्ट, खुला केन्द्रीय सदस्यमा केशवबहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्ध लोप्चन र रामकुमार श्रेष्ठ, आदीवासी, जनजाति केन्द्रीय सदस्यमा सरु राना, मधेसी केन्द्रीय सदस्यमा मीनाकुमारी यादव, खस आर्य केन्द्रीय सदस्यमा दिया चन्द र दलित सदस्यमा लक्ष्मण दर्नाल उम्मेदवार छन् ।

त्यसैगरी, आदिवासी जनजातितर्फ अर्जुनबहादुर तामाङ, मधेसीमा चन्द्रदेव कामती (पुरुष), ललिताकुमारी साह (महिला), अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले, अल्पसङ्ख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अली, लेखा समिति संयोजकमा ध्रुव रावल तथा लेखा समिति सदस्यहरूमा गणेशप्रसाद बन्जाडे र लक्ष्मी चौधरी उम्मेवार रहेका छन् । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...