Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पत्रकार महासङ्घ निर्वाचन : विष्टको नेतृत्वमा प्यानल घोषणा

spot_img
spot_img

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार रमेश विष्टले आफ्नो नेतृत्वको प्यालन सार्वजनिक गर्नुभएको छ । यहाँ आज पत्रकार सम्मेलन गरी विष्ट नेतृत्वको प्यानल सार्वजनिक गरिएको हो ।

विष्ट नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभासप्रसाद साह र महासचिवमा लेखनाथ न्यौपानेको उम्मेदवारी रहेको छ ।

यस्तै, खुला सचिवमा उत्तरसिंह विष्ट, मधेशी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाति सचिवमा भीषण राई, एशोसिएट सचिवमा विकास कार्की र कोषाध्यक्षमा रामकृष्ण अधिकारीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, विष्टको प्यालनबाट कोशी प्रदेश केन्द्रीय सदस्यमा तीर्थ सिग्देल र दीपेन्द्रकुमार राई, मधेश प्रदेश केन्द्रीय सदस्यमा राजु विश्वकर्मा र सञ्जयकुमार राउत, बागमती प्रदेश केन्द्रीय सदस्य उपत्यकाबाहेकमा मणिराज गौतम र मीनकुमार दाहाल हुनुहुन्छ । गण्डकी प्रदेश केन्द्रीय सदस्यमा दीपक भट्टराई, लुम्बिनी प्रदेश केन्द्रीय सदस्यमा यानेन्द्र जिसी र सुमन अधिकारी, कर्णाली प्रदेश केन्द्रीय सदस्यमा देवीराम देवकोटा र यज्ञराज थापा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा डिलबहादुर सिंह र रामसिंह ठगुन्ना तथा उपत्यका प्रदेशमा अर्जुन पन्त र सूर्य सुवेदी उम्मेदवार रहनुभएको छ ।

प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र साहस भट्ट, खुला केन्द्रीय सदस्यमा केशवबहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्ध लोप्चन र रामकुमार श्रेष्ठ, आदीवासी, जनजाति केन्द्रीय सदस्यमा सरु राना, मधेसी केन्द्रीय सदस्यमा मीनाकुमारी यादव, खस आर्य केन्द्रीय सदस्यमा दिया चन्द र दलित सदस्यमा लक्ष्मण दर्नाल उम्मेदवार छन् ।

त्यसैगरी, आदिवासी जनजातितर्फ अर्जुनबहादुर तामाङ, मधेसीमा चन्द्रदेव कामती (पुरुष), ललिताकुमारी साह (महिला), अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले, अल्पसङ्ख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अली, लेखा समिति संयोजकमा ध्रुव रावल तथा लेखा समिति सदस्यहरूमा गणेशप्रसाद बन्जाडे र लक्ष्मी चौधरी उम्मेवार रहेका छन् । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...