Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

विद्यार्थीहरूलाई लक्षित गर्दै “पर्सा यूथ फेस्ट २०२४”आयोजना हुँदै

spot_img
spot_img

वीरगंज । एलडब्लुई इभेन्ट्स एन्ड म्यानेजमेन्टले पर्साका विद्यालयस्तरका विद्यार्थीहरूलाई लक्षित गर्दै पर्सा यूथ फेस्ट २०२४ आयोजना गर्ने  भएकाे छ । संस्थाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यही डिसेम्बर १९ देखि २१ सम्म वीरगंजमा यूथ फेस्ट आयोजना गर्न लागिएकाे जनाएकाे छ ।

कार्यक्रमले कक्ष ७ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी उनीहरूका प्रतिभा, सिर्जनशीलता, र व्यक्तिगत विकासलाई प्रोत्साहन गर्नुका साथै सामुदायिक उत्थानमा योगदान गर्ने उद्देश्य लिएको लिभिङ विथ इन्भायोरन्मेन्टका राष्ट्रिय अध्यक्ष आकाश चाैहानले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमकाकाे मुख्य विशेषता प्रतिभा प्रदर्शन रहेकाे छ । जस अन्तर्गत विद्यार्थीहरुले कविता, गायन, नृत्य, वादविवाद, विज्ञान परियोजना, प्रश्नोत्तरी र चेसमा भाग लिन पाउने छन् ।

कार्यक्रमबाट संकलित नाफाको १०% हिस्सा युवा सशक्तीकरण र सामाजिक कार्यहरूमा लगानी गरिने आयाेजकले जनाएकाे छ ।• प्रत्येक विधाका विजेतालाई पदक र प्रमाणपत्र, सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र, समग्र अंकको आधारमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई “स्कूल अफ द इयर” ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र र दोस्रो स्थान हासिल गर्ने विद्यालयलाई रनर-अप ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

हालसम्म २० विद्यालयको सहभागिता पुष्टि पर्सा जिल्लाका विभिन्न विद्यालयहरूबाट हालसम्म २० विद्यालयले आफ्नो सहभागिता सुनिश्चित गरिसकेका छन् । दर्ता गर्नका लागिअन्तिम मिति: डिसेम्बर १४, २०२४ रहेकाे आयाेजकले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...