Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नेपालले अमेरिकालाई १७ रनले हरायो

spot_img
spot_img

टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा आज बिहान भएको खेलमा कप्तान रोहित पौडेलको ४९ रन र बलरको कसिलो बलिङमा अमेरिकालाई १७ रनले हराएको छ। 

१६५ रनको विजयी लक्षसहित मैदानमा उत्रिएको घरेलु टोली अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो।  अमेरिकाका लागि श्याम जाहंगिरले नटआउट ६० रन बनाए पनि पर्याप्त भएन। अमेरिकाका एन्ड्रिज गौरले ३० रन बनाए।  नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। 

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको  नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ रन बनाए ।

साथै दिपेन्द्र सिहं एरीले २८ रन बनाउँदा आसिफ सेख र अनिल शाहले समान २७-२७ रन बनाए। गुल्शन झाले ११ रन बनाउदा कुशल भर्तेल १० रनमा आउट भए। यसैगरि सोमपाल कामीले २ रन मात्र बनाउन सके।

दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी–ट्वेन्टी आई सोमबार बिहान हुनेछ। यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टू का खेल हुनेछन्।

लिग–टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ। रोहित पौडेलको टोली क्यानडामा लिग टू र टी–ट्वेन्टी आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...