Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

spot_img
spot_img

काठमाडौं । रोमान्टिक शैलीको नयाँ गीत “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ । गीतले पोखराको अनुपम प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेम र जीवनशैलीलाई समेटेको छ ।  

यस गीतमा गायक मुकुन्द त्रिपाठी र अस्मिता अधिकारीले स्वर दिएका छन् । शब्द, संगीत, र निर्देशन मुकुन्द त्रिपाठीकै रहेको  यो सिर्जना नेपाली सांगीतिक बजारमा एउटा रोचक प्रस्तुति हो । एरेन्जर राजु सुनाम र मिक्सिङ  बिनोद परियारले यो गीतलाई प्राविधिक हिसाबले उत्कृष्ट बनाएका छन् ।  

भिडियोमा गायक मुकुन्द त्रिपाठीसँगै सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय रहेको छ । सिनेमाटोग्राफी सुबास सुबेदीले गरेका छन् भने सम्पादन र कलरिङ सुबास अम्गाईले गरेका छन् । भिडियोमा युमी बलामीको कोरियोग्राफी रहेको छ ।

दुर्गा न्यौपाने त्रिपाठीद्वारा प्रस्तुत यो गीत मुकुन्द त्रिपाठीको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । गीतले सांगीतिक प्रेमीहरूको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा र नुवाकोटमै पुगेर बाढीपीडित परिवारलाई जेनजी पर्साद्वारा राहत वितरण

वीरगंज । जेन जि पर्साको टोलीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिँदै राहत सामग्री...

भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै रौतहटमा किसानकाे आमरण अनशन

रौतहट । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी रोक्न र स्थानीय बजारमा कुखुराको मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्न माग गर्दै रौतहटमा एक जना...

भोटेकोशी बाढी : मधेसका १८० जना अझै बेपत्ता, ३८ जना सम्पर्कमा

वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका २२० जनामध्ये १८० जना अझै...