12 April 2025
KALIKATIMES.COM

कांग्रेस पर्सा क्षेत्र नं. २ का सचिव जसपा नेपालमा प्रबेश

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ टेडामा बुधबार जनता समाजवादी पार्टी (जसपा) नेपालकाे पार्टी संगठन सुदृढिकरण एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ को क्षेत्रीय सचिव मिलन यादव, पर्सागढी नगरपालिका ९ एकटाङ्गाका स्थानीय युवा नेता शेरबाबु सहितका नेता कार्यकर्ताले जसपा नेपालमा प्रबेश गराएका थिए । नव प्रबेशीहरुलाई जसपा नेपालका महासचिव एवं पूर्व मुख्य मन्त्री लालबाबु राउत सहितका नेताले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव राउतले पार्टीले अग्रगामी परिवर्तनका लागि सामूहिक प्रयासमा जोड दिने बताए । उनले नव प्रवेशीहरूको अनुभव र योगदानाकाे आधारमा जसपा नेपालको सङ्गठनलाई अझ बलियो बनाउने गरि जिम्मेवारी दिइने वताए ।

साे कार्यक्रममा जसपा नेपालका नेता एवं पूर्व मन्त्री सिंहासन साह कलवार, नेता शशिकपुर मियाँ, राम नरेश यादव, सुरेन्द्र कुर्मी, संतोष सर्राफ, सुधिर पाण्डे लगायतकाे उपस्थिती रहेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:6.291 sec. Memory consumption:82.41 mb