Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

spot_img
spot_img

वीरगंज । नारायणी रङ्गशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) वीरगंज महानगरको आयोजनामा टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता साेमबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र जीएचपी स्कुलकी प्रधानाध्यापक रोमी कौरले क्रिकेट खेलेर संयुक्त रूपमा गरेका थिए ।

नेशनल प्याब्सन वीरगंज महानगरका अध्यक्ष जियालाल गुप्ताकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंह, प्याब्स वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, सेली डटकमका अध्यक्ष राजेन्द्र प्रसाद कोइराला लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाहरूले नृत्य र शुभकामना गीत प्रस्तुत गरेका थिए । जसले समारोहलाई अझ आकर्षक बनाएको थियो ।

आयाेजकका अनुसार प्रतियोगिताले वीरगंजमा खेलकुदको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । प्रतियोगितामा नेशनल प्याब्सन अन्तर्गतका १६ वडा विद्यालयले सहभागिता जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...