37.6 C
Birgunj
12 April 2025
KALIKATIMES.COM

एएचटीयू एसएसबीद्वारा मितेरीपुलबाट १३ वर्षीया बालिकाकाे उद्दार, ३ जना पक्राउ

वीरगंज । एएचटीयू एसएसबीले नेपाल भारतकाे सिमामा रहेकाे मितेरीपुलबाट १३ वर्षीया बालिकालाई उद्दार गरेकाे छ । साथै ति बालिकालाई प्रलाेभनमा पारेर अपहरण गरेका ३ जनालाई पक्राउ समेत गरेकाे छ ।

मानव बेचबिखन नियन्त्रण इकाई क्षेत्र मुख्यालय बेतियाह कार्यालय ४७ औं कोर सशस्त्र सीमा बाल रक्सौलले बालिकालाई उद्दार गर्नुकाे साथै भारत विहार वैशालीका राजीव रोशन, राकेश रोशन र दिलीप कुमारलाई पक्राउ गरेकाे हाे ।

तीनै जनाले भारतकाे तमिलनाडुबाट एक नाबालिग भारतीय युवतीलाई नेपाल लैजाने गरेको सूचनाकाे आधारमा इन्स्पेक्टर मनोज कुमार शर्माकाे नेतृत्वमा खटेकाे प्रहरी टाेलीले पक्राउ गर्न सफल भएकाे हाे ।

इन्सपेक्टर शर्माका अनुसार टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ तीन जना र एक नाबालिग बालिका हिँडेको देखेपछि उनीहरुलाई तत्काल राेकेकाे थियो ।

शंकाका आधारमा तीन जना र बालिकालाई सोधपुछ र परामर्श गर्दा १३ वर्षीया बालिकालाई बिहारको वैशाली जिल्लाको इलाकाबाट प्रलोभनमा पारेर लगिएको खुलासा भएको थियो । सोधपुछका क्रममा पहिले युवतीलाई विवाहको बहानामा तमिलनाडु लगिएको र त्यसपछि युवतीलाई दिल्ली लगिएको पनि खुलेकाे छ । त्यसपछि किशाेरीलाई नेपाल लैजाने क्रममा पक्राउ परेका हुन् ।

१३ वर्षीया बालिकालाई तमिलनाडु, दिल्ली र त्यसपछि नेपाल लग्न खाेजिएकाे बारे थप अनुसन्धान भइरहेकाे इन्सपेक्टर शर्माले वताए । उनले भने “युवतीको परिवारलाई फोनमा सम्पर्क गर्दा यसबारेमा कुनै जानकारी थिएन । बालिकाका अभिभावकले छोरीलाई नेपाल जान नदिन आग्रह गरे । त्यसपछि आफुहरु राेकेर अनुसन्धान थालेका थिए ।”

इन्स्पेक्टर शर्मा नेतृत्वकाे टाेलीमा इन्स्पेक्टर शिवनाथ मिश्र (विद्रोही बलिया निवासी), हवलदार अरविन्द द्विवेदी, हवल्दार पम्मी मिश्रा, हवल्दार अन्नामनी, हवलदार ओमप्रकाश जाट, प्रयास किशोरका अभिषेक लगायतका खटिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.194 sec. Memory consumption:82.47 mb