वीरगंज । बांग्लादेशमा चिकित्साशास्त्र अध्यन गर्ने क्रममा बिहे गरि ६ बर्षसम्म संगै जिवन बिताएकी एक बग्लादेशी महिला आफनो श्रीमान खोज्दै अहिले वीरगंजमा पुगेकी छिन ।
बाराकाे कलैया उपमहानगरपालिका वडा नम्बर २० हाल वीरगंज महानगर पालिका छ्पकैयामा बस्दै आएका तथा नारायणी अस्पतालको बिमा फाटमा कार्यरत डा. जफर इमाम ति महिलाको श्रीमान रहेको बुझिएको छ । हाल आरोपीत बन्नेका डाक्टर प्रहरी लगाएत कसैको सम्पर्कमा छैन ।
हामीलाई प्राप्त जानकारी अनुसार डा. ईमाम बांग्लादेशमा अध्यनकाे क्रममा सोही देशकी एक युवतीसंग १ बर्षसम्म प्रेमसम्बन्धमा बसि सन २०१८ मा बांग्लादेशका धार्मीक स्थल काजी कार्यालय बिहे गरी संगै ६ बर्ष सम्म बस्दै आएका थिए ।
काजी कार्यलयका प्रमुख समेत रहेका फतेमा तुजेहरा संग जाफर इमामले मुस्लिम धर्म अनुसार बिवाह उनको बिहे गराएका थिए । जुन सबै कागजात प्रहरीसंग रहेको छ ।
डा. ईमाम ईनम मेडिकक कलेज एण्ड होस्पीटलमा अध्ययरत हुँदा ती युवतीले अज्जाज निजानु रहमान कृषी कलेजमा ब्याचलेरमा अध्ययनर रहेकी थिईन ।
दुबै जनासंग सार्वजनिक बसमा सन २०१७ मा भेटघाट भएको थियो । यात्रा गर्ने क्रममा डा. ईमामले आफनो मोवाईल बन्द भएको भन्दै ति युवतीको मोवाईल प्रयोग गरि अर्का साथीसंग कुरा गरेका थिए ।
त्यसपछि डा. ईमाम तथा ती युवतीसंग सम्बन्ध जोडिएको स्रोतले बताएका छन । स्रोतका अनुसार डा. ईमाम चिकित्साशात्र पास गरेपनि सोही कलेजमा अध्यपान गराउदै ति युवतीसंग बस्दै आएका बताएका थिए ।
बिहेवारी गरिसंगै बस्दै आएका ति युवतीसंग डा. ईमामका अन्य परिवारसंग दैनिक कुरा हुँदै आएको र चाडै नेपाल आउने प्लान गर्दा लकडाउनको शिकारमा दुवै जना परे ।
आर्थीक मन्दिको चपेटामा फसेका दुवै जनाको परिवार चाडै घर फर्कने गरि लकडाउन पछि डा. ईमाम परिवारसंग भेटन नेपालमा आएका थिए ।
दैनिक ती युवतीसंग सम्पर्कमा रही वीरगंजमा काम गरिदै आएका डा. ईमाम अर्का केटीसंग नेपलामा पुन: बिवाह गरेका थिए ।
यता डा. ईममाले घरमा पुगेपछि अर्का केटीसंग बिहे गरेको घटना बाँग्लादेशी युवतीलाई डाक्टर ईममाका साथीबाट थाहा पाउदा ति युवतीले डाक्टरसंग सम्पर्क गरि २०२३ अप्रिलमा वीरगंज पुगेका थिईन ।
वीरगंज पुगेकी ती युवतीलाई डाक्टर ईमामले आफनो घर नलगी बसर्पाकको होटल बेलकममा एक हप्तासम्म राखी फिर्ता पठाएको स्रोतले बताएका छन ।
स्रोतका अनुुसार नेपालमा दोस्रो पटक आएकी ती युवती अहिले ठुलै लगेजका साथ वीरगंज पुगेकी छिन । ३ दिन अघि नेपाल आएकी ती युवती हिजोमात्र जिल्ला प्रहरी कार्यलयमा पुगेपछि घटना बाहिरीएको हो ।
हाल ती युवतीले घटना विवरणसहित रितपुर्वक निबेदन पर्सा प्रहरीलाई दिएपछि प्रहरीले डा. ईमामलाई खोजी रहेका छन । तर हाल ति डाक्टर फरार रहेको बुझिएको छ । डाक्टर ईमामसंग हाल दुई सन्तान रहेका छन । सभार : यात्राडेली