30.4 C
Birgunj
10 April 2025
KALIKATIMES.COM

श्रीपुरमा निःशुल्क आँखा तथा दाँत शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ श्रीपुरमा बुधवार निःशुल्क आँखा तथा दाँत शिविर सम्पन्न भएकाे छ । 

वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र साहिब दरबार वीरगंजकाे आयोजना भएकाे शिविरमा दुई सय पाँच जना लभान्वित भएका छन् ।

शिविरमा आँखा परीक्षण गराएकामध्ये ५८ जनामा मोतीया बिन्दुको समस्या भेटिएको र उनीहरूको बिहीबार निःशुल्क शल्यक्रिया गरिने साहिब दरबार वीरगंजका अध्यक्ष उमेशलाल सहनीले बताए ।

शिविरकाे वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका थिए । जुन शिविरमा निःशुल्क औषधी समेत वितरण पनि गरिएको थियाे ।

शिविरमा वडा नम्बर ११ का वडाध्यक्ष अजय कुमार चौरसिया, संस्थाका उपाध्यक्ष प्रेमबाबु पटेल, कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, सदस्य रमितामाया गुप्ता, वीरगंज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेश सिंह धामी लगायतको पनि उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.213 sec. Memory consumption:82.45 mb