30.4 C
Birgunj
10 April 2025
KALIKATIMES.COM

जगरनाथपुरकाे सन्ठीमा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ पर्सा शाखाको मुख्य आयोजनाम तथा जगरनाथपुर गाउँपालिकाको स्थानीय आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा २२८ जनाको आँखा चेकजाँच गरिएकोमा १०८ जनामा मोतिबिन्दुका बिरामी भेटिएको शिविरमा सहभागी चिकित्सकले जनाएका छन् ।

शिविरमा भेटिएका मोतिबिन्दुका बिरामीहरुको रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा नि:शुल्क शल्यक्रिया गरिने आयोजक संस्थाले जनाएकाे छ ।

भगवती प्रसाद चौधरीको सभापतित्वमा र प्रदेश सांसद जनार्दन सिंह क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएकाे शिविरमा नेत्रज्योति संघका केन्द्रीय सदस्य श्याम कुमार पोखरेल, गाउँपालिका अध्यक्ष श्रीकान्त यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.317 sec. Memory consumption:82.47 mb