12 April 2025
KALIKATIMES.COM

एक दर्जन भन्दा बढी पर्साका नेताहरु एमाले प्रबेश

एक बर्ष पहिला मात्र जसपा परित्याग गरेर माओवादी केन्द्रमा प्रबेश गरेका थिए

वीरगंज । नेकपा माओवादी केन्द्र परित्याग गरेर पर्साका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रबेश गरेका छन् ।

माओवादी केन्द्रका नेता बिरेन्दर यादव, सलाउदिन अहमद, कृष्ण मोहन यादव, दिपेन्द्र कुमार चौधरी लगायतका १५ जना नेकपा एमालेमा प्रवेश गरेकाे एमाले वीरगंज महानगर कमिटीका सचिव सुरेन्द्र कुर्मीले जानकारी दिए ।
 
एमाले प्रबेश गर्ने नेताहरु एक बर्ष पहिला मात्र जनता समाजवादी पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका थिए ।
 
नव प्रवेशी सबै जनालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमका बिच खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।
 
काठमाडाैंस्थित केन्द्रिय पार्टी कार्यालयमा भएकाे पार्टी प्रबेश कार्यक्रममा एमालेका नेता सुमन प्याकुरेल, अच्युत मैनाली, निर्मला देवकोटा, प्रभु हजरा, जालिम मियाँ, मनोज गुप्ता, शिवजी साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:211. Generation time:4.836 sec. Memory consumption:82.43 mb