37.6 C
Birgunj
12 April 2025
KALIKATIMES.COM

सात जना नाबालकको उद्धार

वीरगंज । छिमेकी राष्ट्र भारतको झारखण्ड राज्यबाट नेपालमा कुखुरा फारममा काम गर्ने उद्देश्यले ल्याइरहेको अवस्थामा ७ जना नाबालकको उद्धार गरिएको छ । वीरगंजसंग जोडिएको सिमावर्ती भारतीय शहर रक्सौलस्थित एन्टी ह्यूमन ट्रयाफीकिङ टिम, प्रयास जुवेनाइल एड सेन्टर पूर्वीचम्पारण र ४७ औं एसएसवी रक्सौलको संयुक्त प्रयासमा नाबालकहरुको उद्दार गरिएको हो ।

एन्टी ह्यूमन ट्रयाफीकिङ मुख्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माका अनुसार भारतको राजधानी दिल्लीस्थित राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले दिएको विशेष सूचनाको आधारमा नाबालकहरुको उद्धार गरिएको छ । आयोगले भारतका केही नाबालकहरुलाई नेपालको कुखुरा फारममा काम गराउने उद्देश्यले लागिरहेको सूचना प्रहरीलाई दिएको थियो ।

झारखण्ड निवासी नाबालकहरुलाई नेपालको राजधानी काठमाडौँ लिएर जान खोजिएको इन्स्पेक्टर शर्माले बताए । शर्माका अनुसार उनीहरुलाई नेपाल लिएर गइरहेका एकजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । उद्धार कार्यमा हरैया प्रहरी ओपीका प्रमुख पङ्कजकुमारले पनि ठूलो भूमिका निर्वाह गरेको उनले जानकारी दिए ।

अभियानमा एन्टी ह्यूमन ट्रयाफीकिङ मुख्यालयका सहायक प्रहरी उपरीक्षक (सब इन्स्पेक्टर) अनिलकुमार शर्मा, हवलदार अरविन्द द्विवेदी,  कन्स्टेबल मिकी कुमारी,  डोली कुमारी,  इकबाल अहमद,  प्रयास जुवेनाइल एड सेन्टर पूर्वीचम्पारणकी परामर्शदाता आरती कुमारी, समाजिक कार्यकर्ता राज गुप्ता लगयातले पनि उनीहरुको उद्धारमा सहयोग गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.883 sec. Memory consumption:82.47 mb