23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह

जनकपुरधाम । मिडिया काउन्सिल (मधेस प्रदेश) ले बारा निर्वाचन क्षेत्र नं २ मा आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको सन्दर्भमा पत्रकार आचारसंहिताको परिपालना गर्न पत्रकार एवं सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गरी उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चारकर्मी एवं सञ्चारमाध्मको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कुनै पनि दल तथा उम्मेदवारको पक्ष विपक्षमा समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको हो । त्यसैगरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि सचेत रहन आग्रह गरेको छ ।

“कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर पक्ष वा विपक्षमा समाचार प्रकाशन तथा प्रसारण नगर्न काउन्सिल सबैमा आग्रह गर्दछ”, काउन्सिलका निमित्त प्रशासकीय प्रमुख मुनेश्वर यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्तै सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिल अपिल गर्दछ ।”

काउन्सिलले उपनिर्वाचनलाई मध्यनजर गरी पत्रकार आचारसंहिता अनुगमन कार्य सुरु गरेको र कुनै पनि माध्यमबाट पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा जानकारी गराउन हुनसमेत अनुरोध गरेको छ ।

यसैबीच काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकार तथा सञ्चारमाध्यम आचारसंहिता मधेस प्रदेश, २०७९ को व्यवस्थालाई पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले उपनिर्वाचनको अनुगमन कार्य भइरहेकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुने निर्वाचनलाई प्रभावित गर्ने गरी कुनै क्रियाकलाप गरेको पाइए कानूनअनुसार कारबाही हुनेसमेत बताउनुभयो ।

यसअघि बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । रासस

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:6.443 sec. Memory consumption:81.45 mb