Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

रेडक्रस आधारभूत विद्यालयलाई बेन्च र डेस्क सहयोग

spot_img
spot_img

वीरगंज । उपकार सेवा नेपाल नामक संस्थाले वीरगंजका एक विद्यालयलाई बेन्च र डेस्क सहयाेग गरेकाे छ । संस्थाले एक कार्यक्रमका बिच वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ लक्ष्मीपुरस्थित नेपाल रेडक्रस आधारभूत विद्यालयलाई १० सेट बेन्च र डेस्क सहयोग गरेको हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ का वडाध्यक्ष जितेन्द्र यादवकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष विद्यादेवी सरावगी एवम् उनको टोलीले विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद साहलाई उक्त बेन्च र डेस्क हस्तान्तण गरेका थिए ।

शिवशक्ति घ्यू उद्योग प्रालिको आर्थिक सहयोगमा बेन्च र डेस्क विद्यालयलाई सहयाेग गरिएको सामाजिक अभियानता प्रकाश थारुले जानकारी दिए ।

साे अवसरमा उपकार सेवा नेपालकी सदस्य देवी सरावगी, सुमन बगेडिया, अंकुर शर्मा, शिवशक्ति घ्यू उद्योगका प्रशासकीय प्रमुख नवल किशोर सिंह, समाजिक अभियन्ता प्रकाश थारू, वडा सदस्य विरेन्द्र राय थारू, प्रधानाध्यापक लक्ष्मण प्रसाद साह लगायतकाको उपस्थिती रहेकाे थियाे ।

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले विद्यालयलाई सहयाेग गर्ने उपकार सेवा नेपालकी अध्यक्ष सरावगीलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...