Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

जनमत पार्टीले मनायाे राष्ट्रिय धोती दिवस

spot_img
spot_img

वीरगंज । जनमत पार्टी  पर्साले पनि बुधबार वीरगंजमा राष्ट्रिय धोती दिवस मनाइएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले अंग्रेजी नयाँ वर्षको दिन बुधबार वीरगंजमा राष्ट्रिय धोती दिवस मनाएका हुन् ।

धोती, कुर्ता र गम्छाको पहिरन लगाएर बिहान घण्टाघर चोकमा भेला भएका जनमत पार्टीका कार्यकर्ताले त्यहाँबाट ¥याली निकालेर वीरगंज शहरको नगर परिक्रमा गरेका थिए । घण्टाघर चोकबाट सुरु भएको ¥याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुदैं पुन घण्टाघर चोकमै पुगेर समापन भएको थियो ।

¥यालीप्छि घण्टाघर चोकमा आयोजित कोणसभामा बोल्दै जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले धोती मधेसीको पहिचानमात्र नभई सांस्कृतिक धरोहरपनि भएकाले यसलाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दिलाउन राष्ट्रिय धोती दिवस मनाउने गरिएको बताए ।

नेपाल बहुभाषिक र बहुसांस्कृति देश एउटा समुदाय विशेषको पहिरन र पोशाकलाई मात्र राष्ट्रिय पोशाकका रुपमा बढावा दिइएकाले त्यसलाई तोड्न आँफुहरुले हरेक वर्षको जनवरी १ तारिकमा राष्ट्रिय धोती दिवस मनाउँदै आएको उनले बताए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्यहरु सिपु तिवारी, कार्यकारिणी सदस्य माधव सिंह, बिध्यालाल प्रसाद, नेतृहरु रम्भा मिश्रा, नजमा खातुन, अन्जना गुप्ता, नेताहरु बृजेश्वर प्रसाद चौधरी, बृजकिसोर कलवार, श्याम गुप्ता, वीरगंज महानगर अध्यक्ष महादेव शर्मा, राजनारायण मिश्रा, डा. असोकराज ठाकुर, अमरनाथ सिंह राठौर, संजय सिंह, ललन चौरसिया, उदय यादव, ई. राजुराज गिरी, लोकेश कर्ण, नरेश राम, सिकिन्द्र राम लगायत सयौंको सहभागिता थियो ।

यसैगरी जनमत पार्टी राैतहटले पनि गाैरमा धाेती दिवस मनाएकाे छ । तराई-मधेश क्षेत्रका परम्परागत पहिरन “धोती-कुर्ता” लाई प्रवर्द्धन गर्ने उद्देश्यले धोती दिवस मनाइएको जनमत पार्टी राैतहटका जिल्ला इन्चार्ज शेख जमसैदले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...