Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

जसपा नेपालद्वारा धानबालीमा आगजनी गर्ने माथि कारवाहीकाे माग

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले वीरगंज महानगरपालिकाकाे वडा नं. २२ जगरनाथपुरस्थित धानबालीमा भएकाे आगजनीकाे घटनामा संलग्न माथि कारवाहीकाे माग गरेकाे छ ।

गत मंसिर ६ गते जगरनाथपुर मै जसपा नेपालको “जनतासँग जसपा नेपाल: आधारभूत सङ्गठन निर्माण अभियान” कार्यक्रम जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यताकमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम स्थानीय हरिन्द्र प्रसाद यादवको जग्गामा गरिएको थियो । 

कार्यक्रम सम्पन्न भएकै राति हरिन्द्र प्रसाद यादवको करिब साढे तीन बिघा जग्गाको आफ्नै खेतमा काटेर राखिएको धान बालीमा आगलागी भयो । आगलागीबाट लगभग २१० क्विन्टल धान नष्ट भएको पीडित हरिन्द्र प्रसाद यादवले दुखेसो पोखे ।

उपेन्द्र यादव नेतृत्वको पार्टीको कार्यक्रमको लागि आफ्नो जग्गा उपलब्ध गराएकै कारण खानेपानी मन्त्री प्रदीप यादव पक्षका व्यक्तिहरूले धान जलाइदिएको हरिन्द्रको आरोप छ । उनले भने, ‘कार्यक्रम हुनु भन्दा अघि नै मलाई प्रदीप यादव पक्षका व्यक्तिहरूले धम्की दिएका थिए, त्यसैले उनीहरूले नै आगो लगाइदिएको हो भन्नेमा म ढुक्क छु ।’

पार्टीकै कार्यक्रम गरेको खेतमा आगजनी भएपछि जसपा नेपाल पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको नेतृत्वमा पुगेको टोलीले ज्ञापन पत्रमार्फत सिडिओ अर्याललाई घटनाको छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्सामा पुस ९ गते नै जाहेरी दिएपछि हालसम्म दोषीलाई कारबाहीको दायरामा नल्याइएको प्रति अध्यक्ष यादवले आपत्ति जनाए । उनका अनुसार कृषकको मेहनतमा आगो लगाउनु निन्दनीय घटना हो । यथाशीघ्र घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै पीडितलाई क्षतिपूर्ति दिलाउन पनि आग्रह गरे ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस घटनालाई आफूले गम्भीर रूपमा लिएको बताए । घटनाको छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । 

यसअघि जसपा नेपाल जिल्ला कार्यसमिति पर्साले वीरगंजकाे घण्टाघरमा प्रदर्शन पनि गरेको थियो । धान बालीमा आगो लगाउनेलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै जसपा नेपाल पर्साले प्रदर्शन गरेको हो । प्रदर्शनमा जसपा नेपालका नेता कार्यकर्तासँगै जगरनाथपुरका स्थानीयको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...