Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

सङ्घर्ष समितिद्वारा छिपहरमाई गाउँपालिकामा दाेस्राे दिन पनि धर्ना

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाइमा गाउँपालिका कार्यालय अगाडी स्थानीयहरु दाेस्राे दिन पनि धर्ना दिएका छन् । विभिन्न माग राख्दै विराेधमा उत्रेकाे छिपहरमाई सङ्घर्ष समितिले मंगलबार दाेस्राे दिन पनि धर्ना दिएकाे हाे ।

छिपहरमाई गाउँपालिकाको पारदर्शिता र जबाफदेहितामाथि गम्भीर प्रश्न उठाउँदै सङ्घर्ष समितिले आइतबारदेखि गाउँपालिका कार्यालय अगाडि धर्ना र विरोध प्रदर्शन गर्दै आएकाे छ । समितिले पुस ७ गते सूचना माग गर्दै गाउँपालिकामा निवेदन दिएको थियो । सात दिन बितिसक्दा पनि माग गरिएका सूचनाहरू उपलब्ध नगराएको भन्दै समितिले आन्दोलन थालेको हो ।

समितिले गाउँपालिकामाथि सूचना अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै विगत सात वर्षको आर्थिक, सामाजिक र विकास योजनाका विवरणहरू सार्वजनिक गर्न माग गरेको छ ।

ज्ञापन पत्रमा समितिले सौर्य सिँचाइ प्रणाली योजना, कन्यादान योजना, छोरी बिमा योजना, बर्थिङ सेन्टरको निर्माण, सामाजिक विकास शाखाबाट सञ्चालित तालिम, कार्यक्रम र खरिद प्रक्रियाका साथै आर्थिक वर्ष २०७५ देखि २०८१ सम्मका सम्पूर्ण बजेट, खर्च र प्रगतिको विवरण सार्वजनिक गर्न जोड दिएको छ ।

सङ्घर्ष समितिले गाउँपालिकाले अनियमितता ढाकछोप गर्ने उद्देश्यले सूचनाहरू लुकाएको र नागरिकहरूको लिखित तथा मौखिक मागलाई बेवास्ता गरेको आरोप लगाएको छ । समितिका अनुसार, पालिकाले जनताको करबाट सङ्कलित बजेटलाई अपारदर्शी रूपमा खर्च गर्दै आएको छ ।

पालिकाको वेबसाइटमा सम्पूर्ण सूचना अद्यावधिक गर्नुपर्ने, बजेट व्यवस्थापनमा नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्ने र कर्मचारी नियुक्तिमा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने समितिले माग गरेको छ ।

गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले इन्धन र जिन्सी सामग्रीमा गरेको खर्च विवरण, दरबन्दी तथा गैर-दरबन्दीका कर्मचारी नियुक्तिका प्रक्रिया, जनप्रतिनिधिहरूले लिइरहेका सेवा सुविधा र पालिकाका सवारी साधनको मर्मत तथा प्रयोगसँग सम्बन्धित कागजातसमेत सार्वजनिक गर्नुपर्ने समितिको माग छ ।

समितिले प्रधानमन्त्री रोजगार योजना, सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति र पालिकाबाट खरिद गरिएका सामग्रीसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन जोड दिएको छ ।

सङ्घर्ष समितिले आन्दोलनलाई शान्तिपूर्ण तरिकाबाट सुरु गरिए पनि पालिकाले माग बेवास्ता गरे कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ । माग पुरा नभए सम्म धर्ना लगायतकाे विराेधकाे कार्यक्रम जारी रहने संघर्ष समितिकाे भनाई छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...