30.4 C
Birgunj
10 April 2025
KALIKATIMES.COM

ओविसिकाे आयाेजनामा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. २ ध्यानसिहं पिपरामा मंगलबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । 

नेपाल पिछडावर्ग (ओविसि) महासंघ पर्साकाे आयाेजनामा भएकाे शिविरमा १६७ जना आँखा परिक्षण गराएकाे ओविसी पर्साका अध्यक्ष देवनाथ महतोले जानकारी दिए । जस मध्ये ९० जनामा समस्या देखिएकाे अध्यक्ष महताे वताए ।

ओविसी पर्साका अध्यक्ष देवनाथ महतोकाे अध्यक्षतामा भएकाे शिविरमा ओविसि पर्साका सचिव निरज महतो, वीरगंज महानगर अध्यक्ष राजाबाबु साह, बदुदरमाई नगर अध्यक्ष सौरभ सिंह, सदस्य राहुल पटेल, गोबीनद चौधरी नुनीया, राज पटेल लगायतले सहयाेग गरेका थिए ।

मातृका आई फाउन्डेसनकाे प्राविधिक सहयाेगमा भएकाे शिविरमा डाक्टर मनोरञ्जन यादव, ईनद सिंह धामी लगायतकाे टाेलीले बिरामीहरुकाे आँखा परिक्षण गरेकाे कार्यक्रम संयोजक अकाश पटेल सिंहले जानकारी दिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:215. Generation time:4.272 sec. Memory consumption:82.47 mb