वीरगंज । भारत विहारका पूर्व मुख्यमन्त्री स्व. कर्पुरी ठाकुरकाे ९९ औं जयन्ती वीरगंजमा मनाइएकाे छ । नेपाल नाई समाज पर्साकाे आयाेजनामा मंगलबार वीरगंजकाे छपकैयामा जयन्तीकाे समाराेह सम्पन्न भएकाे छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल नाई समाजका राष्ट्रिय अध्यक्ष डा. राजेन्द्र ठाकुरले नाई समाजकाे सन्नततीकाे उत्थानकाे लागि आप्ननाे पेनसनबाट नाई समाजलाई रु ५ लाख सहयाेग गर्ने प्रतिवद्धता जनाए ।
त्रिभुवन विश्व विद्यालयका पूर्व सभासद समेत रहेका डा. ठाकुरले नाई समाजकाे राजनीतिक धेरै कम पहुँच रहेकाेले पहुँच बढाउन पनि जरुरी रहेकाे वताए । उनले समाजकाे उत्थानकाे शिक्षामा ध्यान दिनु पर्ने जरुरी रहेकाे वताए ।
डा. ठाकुरले स्व. कर्पुरी ठाकुरकाे जिवनीकाे बारेमा चर्चा गर्दै उनी दुई पटक विहारकाे मुख्यमन्त्री र एक पटक उप मुख्यमन्त्री भएकाे वताए ।
नाई समाज पर्साका अध्यक्ष शिवशंकर ठाकुरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समाजका गान्धी ठाकुर, चिरन्जीवी ठाकुर, संताेष ठाकुर, विजय ठाकुर लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन नाई समाज पर्साका सचिव उमेश ठाकुरले गरेका थिए ।