24.1 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

विपद् पूर्व तयारी तथा प्रतिकार्यको लागि अभिमुखिकरण

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा बिहिबार विपद् पूर्व तयारी तथा प्रतिकार्यको लागि स्थानीय शिक्षा समुह गठन, परिचालन, समन्वय र अभिलेखिकरण सम्बन्धि पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

EU/UNICEF को प्राविधिक सहयोग तथा आर्थिक सहयोगमा भुकम्प प्रविधी रास्ट्रीय समाज नेपाल (NSET) संचालित कोभिड १९  नेपालमा शिक्षा समुहको सुदृढीकरण परियोजना अन्तर्गत मधेस प्रदेश शिक्षा समुहको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे पालिका क्लस्टर कोर्डिनेटर मित्रदेब यादवले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीकाे अध्यक्षमा सम्पन कार्यक्रममा शिक्षा समितिका सदस्य, प्रअ, स्थानीय रेड क्रस, शिक्षा सङ्ग सरोकार राख्ने अन्य संघ/सस्था तथा स्थानिय पालिकाका सम्बन्धित शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियाे ।

जसमा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीकाे संयोजकत्वमा ९ सदसिय पटेरवा सुगौली गाउँपालिका शिक्षा समुह गठन भएको थियाे । जुन समितिकाे  सदस्यहरू गाउँपालिका उपाध्यक्ष ममता महतो, वडाध्यक्ष विजय गैरे, जाँदो लाल साह, श्याम घिमिरे र सदस्य सचिव पालिका शिक्षा प्रमुख सम्भु साह लागायतका रहेका छन् । 

अभिमुखीकरणमा सिकाइ निरन्तर अभियानको अवधारणा, महत्व, आवश्यकता र यसको प्रयोग बिधिको बारेमा बिस्तृत जानकारी गराइएको तथा आउने दिनहरुमा कुनै बिपद वा महामारी आएको खण्डमा विभिन्न किसिमका पढाईका बैकल्पिक बिधिहरु प्रयोग गरि बालबालिकाहरुको पढाईमा हुने क्षतिलाई न्यूनीकरण गरि उनिहरुको पढाई सिपमा सुधार ल्याउन सकिन्छ ।

अभूखिकरण कार्यक्रममा पालिकाको शिक्षा अधिकृत सम्भु साह र पालिका क्लस्टर कोर्डिनेटर मित्र देब यादवले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.058 sec. Memory consumption:82.47 mb