23.5 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

बिपद, पुर्वतयारी तथा प्रतिकार्य कार्यशाला गोष्ठी सुरु

वीरगंज । वीरगंजमा तिनदिने पालिका स्तरीय कार्यशाला गोष्ठी बुधबारदेखी सुरु भएको छ । होटेल कुमु प्यालेशमा स्थानीय तहको शिक्षा क्षेत्रका लागि बिपद ,पुर्वतयारी तथा प्रतिकार्य योजनाका लागि पालिका स्तरीय कार्यशाला गोष्ठी सुरु भएको पालिका कल्स्टर संयोजक मित्रदेव यादवले जानकारी दिए ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, MERCY CORPS , NSET र EDUCATIONAL को प्राबिधिक सहयोग र शिक्षा बिकास निर्देशनालय मधेस प्रदेशको आयोजना गोष्ठी संचालन भएको हो ।

पालिका स्तरीय कार्यशाला गोष्ठीमा पर्साका पोखरीया नगरपालिका , जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाका शिक्षा संयोजक र शिक्षक गरि २४ जना सहभागी भएका छ ।

पालिका स्तरीय कार्यशाला गोष्ठीको उदघाटन गर्दै पोखरीया नगरपालिकाका नगर प्रमुख प्रदुमन चौहानले स्थानीय तहको शिक्षा क्षेत्रका लागि बिपद ,पुर्वतयारी सम्बन्धि कार्यक्रम महत्त्वपूर्ण रहेकाले यसबारे सबैलाई जानकार हुने आवश्यक रहेको बताए ।

उनले गोष्ठीमा शिक्षकहरुले सिकेका सबै जानकारी शिक्षाको माध्यमले ब्यवहारमा लागु गर्न आग्रह गरेका थिए ।

शिक्षा बिकास निर्देशनालयका रामप्रवेश साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा डिडिआरआरका फोकल पर्सन सुशील पण्डितले कार्यक्रम बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण पालिका कल्स्टर संयोजक मित्रदेव यादवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:3.933 sec. Memory consumption:82.47 mb