23.5 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

तालिका अनुसार दिवा खाजा नखुवाउने प्रअलाई कारवाही हुने

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री ने.रा.प्रा.वि. बटसाैरामा मेन्यु अनुसार विद्यालयले दिवा खाजा नखुवाएकाे पाइएकाे छ । विद्यालयका प्रधानाध्यापक ललन द्विवेदीले विद्यालयमा अध्ययनरत बालबालिकाकाहरुलाई गाउँपालिकाकाे मन्यु विपरित खाजा खुवाइरहेकाे स्थानियहरुले वताएका छन् ।

गाउँपालिकाकाे मेन्यु अनुसार साेमबार कुखराकाे मासु र मंगलबार सेवई खुवाउनु पर्ने भएपनि प्रधानाध्यापक द्विवेदीले त्यस अनुसार नखुवाएकाे स्थानिय अभिभावकले गुनासाे गरेका छन् । मंगलबार विद्यालय पुगेका एक अभिभावले बालबालिकाहरुलाई कागमा भुजा र पकवरी खाइरहेकाे देखेपछि प्रधानाध्यापक द्विवेदीसंग प्रशन समेत गरेका थिए ।

ति अभिभावकले कालिका टाईम्सलाई पठाएकाे भिडियाेमा प्रधानाध्यापकसंग आज दिवा खाजामा के खुवाउन तालिका रहेकाे छ प्रशन गर्दा प्रधानाध्यापकले आफुलाई थाहा नभएकाे गैर जिम्मेवार जवाफ दिएकाे देखिन्छ । गाउँपालिकाले धेरै दिन पहिला नै दिवा खाजाकाे तालिका (मेन्यु) सार्वजनिक गरेकाे भएपनि आफुलाई थाहा नभएकाे प्रधानाध्यापक द्विवेदीले भन्नुले उनकाे लापरवाही देखिन्छ । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहले तालिका अनुसार दिवा खाजा नखुवाउने प्रधानाध्यापकलाई कारवाही हुने वताए । उनले “दिवा खाजाकाे सवालमा कुनै किसिमकाे लापरवाही सहन्य नहुने वताउँदै भाेली नै ति विद्यालयका प्रधानाध्यापकसंग स्पष्टिकरण साेधिने वताए ।” 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:223. Generation time:6.441 sec. Memory consumption:82.75 mb