20 April 2025
KALIKATIMES.COM

आमाकाे गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ : अध्यक्ष जयसवाल

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण गरेकाे छ । गाउँपालिकाकाे वडा नं. १ र २ का गर्भवती महिलाहरुलाई आइतबार गाउँपालिकाले पाेषिलाे आहार वितरण गरेकाे हाे ।

वडा नं. १ स्थित मधुवन मथाैल स्वास्थ्य चाैकीमा भएकाे कार्यक्रममा गर्भवती महिलाहरुलाई गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले पाेषिलाे आहार वितरण गरेका थिए ।

गर्भवतीमहिलाहरुलाई पाेषिलाे आहार वितरण गर्दै गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले आमाकाे गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुने वताए । उनले गर्भवतीकाे समयमा महिलाहरुले विशेष ध्यान दिनु पर्ने सुझाए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष जयसवालले गर्भा अवस्थामा महिलाहरुलाई अति आवश्यक पर्ने पाेषिलाे आहार वितरण गरिएकाे वताए । उनले गर्भावती महिलाहरुकाे लागि निशुल्क रुपमा भिडियाे एक्स्रे लगायतकाे सुविधा समेत गाउँपालिकाबाट निशुल्क रुपमा उपलब्ध गराइएकाे वताए ।

गाउँपालिकाले आइतबार एक कार्यक्रमकाे बिच वडा नं. १ का एक सय र वडा नं. २ का एक सय १० जना गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण गरेकाे सुचना अधिकारी भोजेन्द्र कुमार चाैधरीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

छिपहरमाई २ मा रास्वपाकाे समिति गठन

कालिका टाईम्स

मुक्त हरवाचरवाकाे समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थ मन्त्री पौडेल

कालिका टाईम्स

विद्यार्थी भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरु एकमत

कालिका टाईम्स
SQL requests:216. Generation time:5.821 sec. Memory consumption:82.48 mb