20 April 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीकाे प्रमुख प्रशासकिय अधिकृतकाे विवाद समाधान

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे विवाद समाधान भएकाे छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सखुवा प्रसाैनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा देवनाथ साहलाई पठाएपछि विवाद सामाधान भएकाे हाे ।

मन्त्रालयले माघ २३ गते छिपहरमाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत साहकाे सखुवा प्रसाैनी गाउँपालिकामा सरुवा गरेपछि उनी बुधबार हाजिर भएका छन् । साहलाई गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गाउँपालिकामा हाजिर गराएका हुन् ।

केही दिन अगाडी मात्र मन्त्रालयले सखुवा प्रसाैनीकाे निमित प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी राजेश राैनियारलाई दिएकाे थियाे । त्यस अघि सखुवा प्रसाैनीकाे निमित प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा भुजेन्द्र चौधरी गाउँपालिकाकाे कामकाज गर्दै आएका थिए ।

सखुवा प्रसाैनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत संदेश यादवकाे पटेर्वा सुगाैली गाउँपालिकामा सरुवा भएपछि निमित प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी पाएका चौधरीले कामकाज गर्दै आएका थिए । तर त्यसकाे केहीदिन पछि मात्र आफु उनी भन्दा सेनियर रहेकाे भन्दै राजेश राैनियारले आदालतमा उजरी दिएपछि गाउँपालिकाकाे आर्थिक कामकाज प्रभावित हुँदै आएकाे थियाे ।

मन्त्रालयले त्यसकाे करिब दुई महिनापछि नयाँ प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा साहलाई पठाएपछि विवाद समाधान भएकाे वताइएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

छिपहरमाई २ मा रास्वपाकाे समिति गठन

कालिका टाईम्स

मुक्त हरवाचरवाकाे समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थ मन्त्री पौडेल

कालिका टाईम्स

विद्यार्थी भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरु एकमत

कालिका टाईम्स
SQL requests:215. Generation time:3.831 sec. Memory consumption:82.47 mb