30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

प्रदेश स्तरिय पैरवी कार्यशाला गोष्ठी सम्पन्न

वीरगंज । “बा आमाबाट बाल बिछोड रोक्नु हरेक प्रदेशको जीमेवारी सम्बन्धी दुई दिने प्रदेश स्तरिय पैरवी कार्यशाला गोष्ठी” शुक्रबार होटल पुजनमा सम्पन्न भएको छ ।

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको आयोजना र सुविस संस्थाको सह आयोजनामा भएकाे गाेष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा सुविस संस्थाकी प्रदीप्त कादम्बरीले बाल बालिकाहरु किन कसरी आफ्नो आमा बुबाबाट बिछोड हुन पुग्छन भन्ने विषयमाथि प्रकाश पारेकी थिइन । उनले गोष्ठीमा नेपालमा बालबालिकाहरुको वर्तमान अवस्था र आमा बुबाबिचको सम्बन्धको बारेमा विस्तृत जानकारी समेत गराइन ।

गोष्ठीमा सहभागीहरुलाई जिल्ला समन्वय समिति पर्साका महासचिव रामप्रवेश साहले यो विषय अत्यन्तै महत्पूर्ण भएको हुनाले यस तर्फ पनि स्थानीय तहले विशेष ध्यान दिन आग्रह गरेका थिए । दुई दिने गोष्ठीमा सहभागीहरुलाई बालबालिका र आमा बुबा बिचको सम्बन्ध सम्बन्धी प्रोजेक्टरको माध्यमले विभिन्न जानकारी, समुहगत छलफल, अन्तरक्रिया लगायत प्रोजेक्ट वर्कको माध्यमले तालिम दिइएको थियो ।

जिल्ला समन्वय समिति पर्साका सलाहकार बृजकिशाेर पटेलले अभिभावकहरुलाई आफ्नो बालबालिका प्रति जिम्मेवार भई बालबालिकाको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.140 sec. Memory consumption:81.48 mb