Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

जनमत पार्टी पर्साले रंगभेद विरुद्ध एकता दिवस मनाउने

वीरगंज । जनमत पार्टी पर्साले रंगभेद विरुद्ध एकता दिवस मनाउने भएकाे छ । शनिबार बसेकाे जनमत पार्टीकाे जिल्ला कार्यसमिति पर्साको बैठकले यही मंसिर १० गते सोमबार रंगभेदविरुद्धको एकता दिवस मनाउने निर्णय गरेको हो ।

- Advertisement -

केन्द्रिय समितिको निर्णय अनुसार पर्सामा रंगभेदविरुद्धको एकता दिवस मनाउने निर्णय भएकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए । जनमत पार्टी पर्साकाे आयाेजनामा यही १० गते घण्टाघरबाट बृहत र्‍याली निकालेर रंगभेदविरुद्धको एकता दिवस मनाउने निर्णय भएकाे उनले वताए । 

उनका अनुसार पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार वीरगंजमा एकता दिवस मनाउने सर्वसम्मत निर्णय गरिएको हो ।

बैठकमा राजनीतिक समिति सदस्य सिपु तिवारी, केन्द्रिय सदस्यहरु श्याम शंकर चौरसिया, अनिता रौनियार, श्याम गुप्ता, बिनय यादव, राहुल रौनियार, राजेश चौरसिया, नेताहरु अमरनाथ सिंह राठौर, संजय सिंह लगायत विभिन्न पालिका अध्यक्ष एवं नेता, कार्यकर्ताको उपस्थित रहेको थियो ।

ताजा अपडेट

थप समाचार

जलवायु परिवर्तनको असर : वीरगंजमा पानीको हाहाकार

वीरगंज । जलवायु परिवर्तनका असरहरू स्पष्ट देखिन थालेका छन् । खडेरीको चपेटामा परेको तराई–मधेसका पर्सा, बारा, रौतहट लगायतका जिल्लामा हाल गम्भीर खानेपानी अभाव सिर्जना...

धोनीकाे जन्मदिनकाे अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । विश्वप्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीको जन्मदिनको अवसरमा एमएस धोनी फ्यान क्लब वीरगंजले विभिन्न सामाजिक गतिविधिहरू गरी जन्मोत्सव मनाएको छ। सोमबार क्लबको संयोजनमा...

रौतहट बमकाण्डमा घाइते गौरीशंकरको गुनासो : “शरीर जलेको छ, न्याय पनि जलेको छ”

वीरगंज । रौतहटको राजपुर फरहदवामा करिब १३ वर्षअघि भएको बम विस्फोटमा गम्भीर घाइते भएका प्रत्यक्षदर्शी गौरीशंकर राम चमारको पीडा फेरि सार्वजनिक भएको छ। नेपाली...