30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सामुदायिक रेडियो नारायणी एफएम १६ औं बर्षमा प्रवेश

वीरगंज । मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम. १०३.८ मेगाहर्ज कार्तिक ४ गतेबाट १५ बर्ष पूरा गरी १६ बर्षमा प्रवेश गरेको छ ।

सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल (रेस नेपाल)द्वारा संचालित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज स्थापना भएको १५ वर्ष पुरा भएर १६ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा रेडियोले विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले १६ औं बर्ष प्रवेशको सुखद घडीमा रेडियोलाई माया गरेर यहाँसम्म ल्याउन सहयोग पु¥याउन हुने विज्ञापनदाताहरु, रेडियोका श्रोता, सहयोगी तथा शुभेच्छुकहरुमा हार्दिक धन्यवाद दिनु भएको छ । उहाँले रेडियोको स्थापनाकालदेखि हालसम्म रेडियोमा कार्यरत वर्तमान तथा पूर्व रेडियोकर्मी साथीहरुप्रति विशेष आभार प्रकट गर्नुभएको छ ।

साथै उहाँले संस्थाका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई तथा संस्थापक स्टेशन प्रवन्धक शिवराम तिवारी र उहाँको नेतृत्वमा रहेर रेडियोलाई जनताको मनको रेडियो बनाउन योगदान पु¥याउनु भएका संचालक समितिका पदाधिकारी एवं रेडियोको समग्र व्यवस्थापनमा भूमिका निर्वाह गर्नुहुने रेडियोकर्मीहरुप्रति उच्च सम्मान प्रकट गर्नु भएको छ ।

२०६३ साल कार्तिक ४ गते शनिवारको दिन प्रदेश नंं २ को पहिलो सामुदायिक रेडियोको रुपमा नारायणी एफएम वीरगंजले १०३.८ मेगाहर्जको तरंगबाट प्रशारण शुरु गरेको रेडियो नारायणीेले स्थापनाकालदेखि स्थानीय विषयवस्तुलाई प्रमुख एजेण्डाको रुपमा समाचार र कार्यक्रममा समावेश गर्दै आएको बताउदै अध्यक्ष देवकोटाले स्थानीय सरकार र नागरिकप्रति उत्तरदायी संस्थाहरुलाई तोकेको जिम्मेवारी पुरा गराउने उद्देश्यका साथ ती निकायहरुलाई जवाफदेही बनाउने अभियानमा साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभावमा धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।

पछाडी परेका समुदायको समस्यालाई मुख्य मुद्दा बनाएर उठान गर्ने, तीन तहका सरकारलाई नागरिक प्रति जवाफदेही र उत्तरदायी बनाउने, समाजमा विद्यमान परम्परागत हानिकारक कुसंस्कार र कुप्रथा विरुद्ध जनतामा सचेतना एवं जागरुकता पैदा गर्ने खालका विषयवस्तुलाई सामुदायिक रेडियो नारायणी एफएमले समाचार र कार्यक्रममा प्राथमिकता दिँदै आइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नारायणी अस्पतालमा छात्रासंग याैन दुर्व्यवहार गर्ने चाैरसियालाई बचाउन विभिन्न चलखेल

कालिका टाईम्स

रोटरी क्लबको कार्यक्रममा ३६ जनाद्वारा रक्तदान

कालिका टाईम्स

सिम्रौनगढका तत्कालीन निमित्त प्रप्रअसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कालिका टाईम्स
SQL requests:216. Generation time:3.674 sec. Memory consumption:81.67 mb