Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

ओविसी पर्साको बैठक सम्पन्न, जिल्ला भेला तथा प्रशिक्षण गर्ने निर्णय

spot_img
spot_img

पोखरिया । नेकपा एमाले निकट अखिल नेपाल पिछडा वर्ग (ओविसी) महासंघ पर्साको जिल्ला बैठक शनिबार पोखरीयामा सम्पन्न भएको छ । ओविसीका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले ओविसीको जिल्ला भेला तथा पालिकाको अधिवेशन गर्ने निर्णय गरेको ओविसीका केन्द्रिय उपाध्यक्ष अकलेश साहले जानकारी दिए ।

बैठकले पार्टी कार्यालय पर्साको सभाहलमा यहि २७ गते जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने सर्वसहमतिले निर्णय गरेको उनले वताए । यसैगरी बैठकले बाकि रहेको पालिको अधिवेशन चाडै गर्ने र अधिवेशन भईसकेका पालिकाको बैठक पुस मसान्त भित्र गर्ने निर्णय गरेकाे उपाध्यक्ष साहले जानकारी दिए ।

यसैगरी बैठकले ओविसीलाई थप सशक्त बनाउन संगठन बिस्तार तथा सदस्यता बितरणलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।

ओविसी पर्सा जिल्ला उपाध्यक्ष दयानन्द गुप्ताको अध्यक्षता बसेकाे बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजरा, सांसद निर्मला देवकोटा, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, उपाध्यक्ष मनोज गुप्ता, सचिव महेश दास, एमालेका नेता जालिम मियाँ लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण सँचारकर्मी शैलेश गुप्ता गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...