Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

ओविसी पर्साको बैठक सम्पन्न, जिल्ला भेला तथा प्रशिक्षण गर्ने निर्णय

spot_img
spot_img

पोखरिया । नेकपा एमाले निकट अखिल नेपाल पिछडा वर्ग (ओविसी) महासंघ पर्साको जिल्ला बैठक शनिबार पोखरीयामा सम्पन्न भएको छ । ओविसीका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले ओविसीको जिल्ला भेला तथा पालिकाको अधिवेशन गर्ने निर्णय गरेको ओविसीका केन्द्रिय उपाध्यक्ष अकलेश साहले जानकारी दिए ।

बैठकले पार्टी कार्यालय पर्साको सभाहलमा यहि २७ गते जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने सर्वसहमतिले निर्णय गरेको उनले वताए । यसैगरी बैठकले बाकि रहेको पालिको अधिवेशन चाडै गर्ने र अधिवेशन भईसकेका पालिकाको बैठक पुस मसान्त भित्र गर्ने निर्णय गरेकाे उपाध्यक्ष साहले जानकारी दिए ।

यसैगरी बैठकले ओविसीलाई थप सशक्त बनाउन संगठन बिस्तार तथा सदस्यता बितरणलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।

ओविसी पर्सा जिल्ला उपाध्यक्ष दयानन्द गुप्ताको अध्यक्षता बसेकाे बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजरा, सांसद निर्मला देवकोटा, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, उपाध्यक्ष मनोज गुप्ता, सचिव महेश दास, एमालेका नेता जालिम मियाँ लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण सँचारकर्मी शैलेश गुप्ता गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...