20 April 2025
KALIKATIMES.COM

सखुवा प्रसौनीमा एकल महिलालाई सम्मान

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा एकल महिला सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नं. ५ महुवनस्थित स्वास्थ्य चौकीमा आईतबार भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले एकल महिलाहरुलाई छाता र टच वितरण गरि सम्मान गरेका थिए ।

वडाध्यक्ष रुपलाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र कुमार चा्रैधरी, समाजिक शाखा प्रमुख बिनोद यादव, वडासचिव रमेश साह लगायतको सहभागिता रहेको थियो ।

यसैगरी, वडा नं. ३ कटेयामा पनि एकल महिला सम्मान कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका योजना शाखा प्रमुख सुनिल कलवारले बताए ।

वडा अन्तर्गतका एकल महिलाहरुलाई छाता र टर्च वितरण गरि गाउँपालिका अध्यक्ष जयसवालले सम्मान गरेको उनले जानकारी दिए । सो कार्यक्रममा वडा अध्यक्ष सलिम अंसारी, वडा सचिव बृजकिसोर प्रसाद लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

छिपहरमाई २ मा रास्वपाकाे समिति गठन

कालिका टाईम्स

मुक्त हरवाचरवाकाे समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थ मन्त्री पौडेल

कालिका टाईम्स

विद्यार्थी भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरु एकमत

कालिका टाईम्स
SQL requests:215. Generation time:6.318 sec. Memory consumption:82.48 mb