31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

राउण्ड टेबलद्वारा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु

वीरगंज । राउण्ड टेबल नेपालको अधीनमा रहेको वीरगञ्ज फ्रेण्डस् राउण्ड टेबल ८ को आयोजनामा रौतहट जिल्लास्थित इस्नाथ नगरपालिकाको डुमरियामा आयोजित दुई दिने नि:शुल्क स्वास्थ्य शिविर शुक्रबारदेखी सुरु भएकाे छ ।

ग्रामिण भेगका जनतालाई सुलभ र सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएकाे नि:शुल्क स्वास्थ्य शिविरको पहिलो दिन शुक्रबार ५ सय जना भन्दा बढी विरामी लाभान्वित भएका छन् ।

इस्नाथ नगरपालिकाका नगर प्रमुख सन्तोष महेताको विशेष पहलमा डूमारिया हेल्थ पोस्टमा आयोजित शिविरमा वीरगञ्जबाट आएका विभिन्न रोगका विषेशज्ञहरुले विरामीहरुलाई परामर्श दिनुका साथै नि:शुल्क औषधीसमेत वितरण गरेका थिए ।

शिविरमा नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दास, नारायणी वयोधा अस्पतालकी प्रसूति विभाग प्रमुख सविना रेग्मी, नारायणी आई सेन्टरका राजेश यादव, प्रभात चौरसिया लागायातले विरामीहरुलाई परामर्श दिएको वीरगञ्ज फ्रेण्ड राउण्ड टेबल ८ का अध्यक्ष दिपल खन्नाले बताए ।

अध्यक्ष खन्नाका अनुसार स्वास्थ्य शिविर शनिवार पनि जारी रहने छ । शनिबारको शिविरमा थप ३ विषयका विषेशज्ञ चिकित्सकहरु आउने भएका छन् । शनिवारको शिविरमा नारायणी अस्पतालका बाल रोग विशेषज्ञ डा. नवीन झा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रीति यादव, नेत्र रोग विशेषज्ञ डा. वि. डी. चौरसिया आउने लागेका हुन् ।

शिविरमा भोलि आँखामा समस्या भएका रोगीहरुलाई नि:शुल्क चस्मा वितरण कार्यक्रम रहेको खन्नाले जानकारी दिए । स्वास्थ्य शिविरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शेख इसराजुल, हेल्थ पोष्ट इन्चार्ज विजय यादव, स्वास्थ्यकर्मी अरुण महेता, धुर्व श्रीवास्तव, सुनिल साह, विवेक गुप्ता, प्रीति साह, समाजसेवी सुधाकर महेता, मनोज महेता लगायतले सहयोग गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नारायणी अस्पतालमा छात्रासंग याैन दुर्व्यवहार गर्ने चाैरसियालाई बचाउन विभिन्न चलखेल

कालिका टाईम्स

रोटरी क्लबको कार्यक्रममा ३६ जनाद्वारा रक्तदान

कालिका टाईम्स

सिम्रौनगढका तत्कालीन निमित्त प्रप्रअसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कालिका टाईम्स
SQL requests:217. Generation time:3.258 sec. Memory consumption:81.68 mb