20 April 2025
KALIKATIMES.COM

राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइयाे

वीरगञ्ज । राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइएको छ । सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवनस्थित खेतमा धान रोपेर धान दिवस मनाइएको हाे ।

धान उत्पादन वृद्धि, खाद्यान्न सुरक्षा, आन्तनिर्भरता र समृद्धि भन्ने नाराका साथ सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ साेलखपुर दिवस मनाइएकाे गाउँपालिकाका सूचना अधिकारी राजेश राैनियारले वताए ।

दिवसकाे अवसरमा गाउँपालिका अन्तर्गतका २५ जना कृषकलाई सम्मान समेत गरिएकाे उनले जानकारी दिए । २५ कृषकहरुलाई गमछा ओढाएर सम्मान गर्दै कुदालाे समेत वितरण गरिएकाे राैनियारले वताए ।

गाउँपालिकाकी उपाध्यक्ष फुलमती चाैधरीकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडाध्यक्षहरु रुपलाल यादव, जुमादिन अन्सारी, विश्वनाथ पटवारी, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापा लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस्तै, वीरगञ्ज महानगरपालिकाले वडा नं ३१ मा आयोजना गरेको रोपाई कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगी सहभागी भएका थिए । नगरप्रमुख सरावगीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट ल्याइएको बताए ।

‘कृषकका समस्या समाधान गर्न महानगर गम्भीर छ । वडा नं ३१ मा चैते धान पकेट क्षेत्रको रूपमा घोषणा गर्ने लक्ष्य राखेका छौं’ नगर प्रमुख सरावगीले भने, ‘कृषकको कदम कदममा साथ दिन महानगर तयार छ ।’

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

छिपहरमाई २ मा रास्वपाकाे समिति गठन

कालिका टाईम्स

मुक्त हरवाचरवाकाे समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थ मन्त्री पौडेल

कालिका टाईम्स

विद्यार्थी भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरु एकमत

कालिका टाईम्स
SQL requests:215. Generation time:6.130 sec. Memory consumption:82.47 mb