वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको सातौ गाउँ सभा बिहिबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे अध्यक्षतामा भएकाे गाउँ सभाले आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरेकाे छ ।
गाउँपालिकाको सभा हलमा भएकाे गाउँ सभाले ५४ करोड १६ लाख ७३ हजार ४ सय ९ बराबरको अनुमानित बजेट गाउँपालिकाकी उपाध्यक्ष फुलमती देबीले प्रस्तुत गरेकी थिइन ।
गाउँ सभाकाे उद्घाटन गाउँपालिका अध्यक्ष जयसवालले गरेका थिए । गाउँ सभा उद्घाटन गर्दै अध्यक्ष जयसवालले जनताहरुसंग गरेको बचा हामी जितेर आएकाे जनप्रतिनिधिहरुले सकेको जति पुरा गरेकाे वताए । उनले भने “स्थानिय तह निर्वाचनकाे चार वर्ष बितिसक्यो, अब काम गर्नकाे लागि ६ महिना मात्र बाकी रहेकाे छ । याे समयमा बाकी रहेकाे काम गरेर देखाउन्छाैं ।
याे समयमा काम गर्न जनप्रतिनिधि र कर्मचारीहरुको समन्वय जरुरी रहेकाे उनले वताए ।
गाउँ सभाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक बिकास, महिला बालबालिका, बिपन ब्यस्थापन, कोरोना महामारी नियन्त्रण लगायतमा बजेट बिनियोजन गरिएको गाउँपालिका प्रमुख प्रसासशकिय अधिकृत संन्देश यादवले जानकारी दिए ।
गाउँ सभामा वाडध्यक्ष, कार्यपालिका सदस्य, सभा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियोे ।