24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

निःशूल्क ई–रिक्सा एम्बुलेन्स सेवाबाट १० दिनमा ५० जना लाभान्वित

वीरगंज । मारवाडी युवा मञ्च वीरगञ्ज र रेल्वे कटेज वीरगञ्जको सहकार्यमा सञ्चालित निःशूल्क ई रिक्सा एम्बुलेन्स सेवाबाट ५० जनाभन्दा धेरै लाभान्वित भएका छन् । जेठ ४ गते मंगलवारबाट निषेधाज्ञालाई मध्यनजर गर्दै शुरुवात गरिएको सेवाबाट एम्बुलेन्स नपाउने र गरिब तथा विपन्न परिवारहरु लाभान्वित भएका हुन् ।

वीरगंजको नारायणी अस्पताल, नेशनल मेडिकल कलेजको अस्थाई कोभिड अस्पताल, नारायणी वयोद्या अस्पताल, इण्डो हस्पिटल लगायतका अस्पतालहरुमा ई रिक्सा एम्बुलेन्समार्फत बिरामीलाई लिने काम भइरहेको निःशूल्क ई रिक्सा एम्बुलेन्स सेवाका संयोजक ओमप्रकाश सर्राफले बताए ।

वीरगंज बजार क्षेत्रभित्र एम्बुलेन्स नहुँदा ई रिक्सामै भएपनि अस्पताल लैजान सहज होस् भन्नका लागि वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफीक प्रहरी कार्यालय पर्साको सहजिकरणमा सेवा शुरु भएको सर्राफको भनाई छ । स्वयमसेवकहरु सञ्ज्य पटेल, किसन सर्राफ लगायतको सहयोगमा सेवा प्रवाह भइरहेको छ ।

वीरगञ्ज बजार क्षेत्रभित्र एम्बुलेनस नपाए अटोमार्फत अस्पताल जानुपर्ने अवस्था आएमा मोवाइल नम्बर ९८०७१८४८०८ र ९८०४२६४००१ मा सम्पर्क गर्न सर्राफले आग्रह गरे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.798 sec. Memory consumption:81.44 mb