वीरगंज । पर्साका चार विद्यार्थी संगठनले प्रधानमन्त्री र रास्ट्रपतिको प्रतिगामी कदमको प्रतिकार गर्न आव्हान गरेका छन् ।
नेवि संघ, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियूकाे ठाकुर राम इकाई समितिहरुले संयुक्त रुपमा आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिद्वारा गरिएकाे संसद विघटनलाई प्रतिगामी कदम ठहर गर्दै यस्ताे आव्हान गरेकाे अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम साहले वताए ।
नेवि संघका ठाकुर राम इकाई समिति अध्यक्ष मनाेज कुमार साह, अखिल (क्रान्तिकारी)का ठाकुर राम इकाई समिति अध्यक्ष अभिषेक ठाकुर, समाजवादी विद्यार्थी युनियनका ठाकुर राम इकाई समिति अध्यक्ष हरिन्द्र साह र अनेरास्ववियूकाे ठाकुर रामका संयाेजक मन्जय यादवले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै क्याम्पससंग आवद्ध सम्पुर्ण लोकतान्त्रिक एवम् गणतन्त्रीक शक्तिहरु एक जुट भइ प्रधानमन्त्री र रास्ट्रपतिको प्रतिगामी कदमको प्रतिकार गर्न आव्हान गरेकाे हुन् । उनीहरुले यसका साथै संयुक्त संगठनीक मोर्चा बनाउन अपील समेत गरेका छन् ।
उनीहरुद्वारा जारी विज्ञप्तीमा देश कोरोनाले अक्रान्त भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेष्ठ ८ गते संसद विधटन गरि मध्यवधि निर्वाचन घोषना गरेका छ्न । प्रधानमन्त्रीको यो कदमले जनता र देशलाई अस्थिरता तर्फ ढकेलेको हाम्रो स्पष्ट बुझाइ रहेको छ । संसदको विघटनले संविधान माथी प्रहार भएको छ र देशलाइ आन्तरिक द्वन्द तर्फ ढकेलिएको उल्लेख गरेका छन् ।
यसका साथै महामारी ब्यवस्थापनमा ध्यान नदिएको कारण अस्पताल, बेड, ओक्सीजन, औषधीको हहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनता माथिको खेलवाड भएकाे जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस